नवलपुर क्षयरोगको उच्च जोखिममा « Khabarhub

नवलपुर क्षयरोगको उच्च जोखिममा



नवलपुर– नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला क्षयरोगको उच्च जोखिममा रहेको पाइएको छ ।

स्वास्थ्यको केन्द्रीय तथ्यांक अनुसार नवलपुरमा प्रत्येक वर्ष सरदर ८ सय ६० जना नयाँ क्षयरोगी भेटिने गरेका छन् ।

तथापि नवलपुरमा हरेक बर्ष सरदर ४ सय ५० जना नयाँ क्षयरोगी भेटिने गरेको स्वास्थ्य कार्यालय नवलपरासीपूर्वका प्रमुख केशवप्रसाद चापागाईले बताए ।

गण्डकी प्रदेशको नवलपुर र कास्की जिल्लामा क्षयरोगका संक्रमित बढी रहेका छन् । प्रदेशको यी दुई जिल्लामा मात्रै सीबी डट्स सेवा प्रदान गरिएको छ ।

सात महिनामा नवलपुरमा २४१ क्षयरोगी भेटिए

नवलपुरमा चालु आर्थिक वर्षको सात माहिनामा मात्रै २ सय ४१ जना क्षयरोगका विरामी भेटिएका छन् ।

गत साउनदेखि माघ महिनासम्मको अवाधिमा मात्रै २ सय ४१ जना क्षयरोगका विरामी भेटिएका हुन् । ती मध्ये २ सय २२ जना नयाँ क्षयरोगी रहेको जिल्ला स्वास्थ्य प्रमुख चापागाईले जानकारी दिए ।

गण्डकी प्रदेशमै कास्की र नवलपरासीपूर्वी जिल्लामा क्षयरोगका बढी बिरामी रहेको पनि स्वास्थ्य प्रमुख चापागाईले जानकारी दिए ।

क्षयरोगका विरामीहरुका लागि सरकारले निःशूल्क उपचार गर्ने गरेको भन्दै उनले औषधिको डोज भने नियमित प्रयोग गर्नुपर्ने बताए ।

कडा प्रकारका क्षयरोगीलाई राख्न डीआर होम

कडा प्रकारका क्षयरोग लागेका रोगीहरुलाई उपचारका लागि नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा डिआर होम निर्माण अन्तिम चरणमा पुगेको छ ।

कडा क्षयरोग लागेकालाई होस्टेल सहित उपचार गर्न सकिने गरी कम्तिमा २० जनाको क्षमता सहितको डिआर होम निर्माण भईरहेको स्वास्थ्य कार्यालय नवलपुर क्षयरोग फोकल पर्सन डिल्लीराम तिवारीले बताए ।

१ करोड ५० लाखको लागतमा भवन निर्माण भईरहेको छ । नेपालमा अहिले तनहुको बन्दीपुरमा मात्रै एउटा डिआर होम छ भने देशभर २५ वटा डिआर सेन्टर रहेको छ ।

नेपालमा प्रत्येक वर्ष ३२ हजार ४३ जना क्षयरोगका नयाँ संक्रमित भेटिने गरेको छ भने ५ हजार ५ सय जनाको मृत्यु हुने गरेको तथ्यांकमा उल्लेख छ ।
‘संकेत समयको, क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ बुधबार राष्ट्रिय क्षयरोग दिवस मनाइँदै छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ७ : ५१ बजे

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ – फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल

इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिका–५ कृष्ण इँटा उद्योगमा चाङ खस्दा

मनसुनबाट २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

काठमाडौं – यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल