नवलपुर क्षयरोगको उच्च जोखिममा « Khabarhub

नवलपुर क्षयरोगको उच्च जोखिममा



नवलपुर– नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला क्षयरोगको उच्च जोखिममा रहेको पाइएको छ ।

स्वास्थ्यको केन्द्रीय तथ्यांक अनुसार नवलपुरमा प्रत्येक वर्ष सरदर ८ सय ६० जना नयाँ क्षयरोगी भेटिने गरेका छन् ।

तथापि नवलपुरमा हरेक बर्ष सरदर ४ सय ५० जना नयाँ क्षयरोगी भेटिने गरेको स्वास्थ्य कार्यालय नवलपरासीपूर्वका प्रमुख केशवप्रसाद चापागाईले बताए ।

गण्डकी प्रदेशको नवलपुर र कास्की जिल्लामा क्षयरोगका संक्रमित बढी रहेका छन् । प्रदेशको यी दुई जिल्लामा मात्रै सीबी डट्स सेवा प्रदान गरिएको छ ।

सात महिनामा नवलपुरमा २४१ क्षयरोगी भेटिए

नवलपुरमा चालु आर्थिक वर्षको सात माहिनामा मात्रै २ सय ४१ जना क्षयरोगका विरामी भेटिएका छन् ।

गत साउनदेखि माघ महिनासम्मको अवाधिमा मात्रै २ सय ४१ जना क्षयरोगका विरामी भेटिएका हुन् । ती मध्ये २ सय २२ जना नयाँ क्षयरोगी रहेको जिल्ला स्वास्थ्य प्रमुख चापागाईले जानकारी दिए ।

गण्डकी प्रदेशमै कास्की र नवलपरासीपूर्वी जिल्लामा क्षयरोगका बढी बिरामी रहेको पनि स्वास्थ्य प्रमुख चापागाईले जानकारी दिए ।

क्षयरोगका विरामीहरुका लागि सरकारले निःशूल्क उपचार गर्ने गरेको भन्दै उनले औषधिको डोज भने नियमित प्रयोग गर्नुपर्ने बताए ।

कडा प्रकारका क्षयरोगीलाई राख्न डीआर होम

कडा प्रकारका क्षयरोग लागेका रोगीहरुलाई उपचारका लागि नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा डिआर होम निर्माण अन्तिम चरणमा पुगेको छ ।

कडा क्षयरोग लागेकालाई होस्टेल सहित उपचार गर्न सकिने गरी कम्तिमा २० जनाको क्षमता सहितको डिआर होम निर्माण भईरहेको स्वास्थ्य कार्यालय नवलपुर क्षयरोग फोकल पर्सन डिल्लीराम तिवारीले बताए ।

१ करोड ५० लाखको लागतमा भवन निर्माण भईरहेको छ । नेपालमा अहिले तनहुको बन्दीपुरमा मात्रै एउटा डिआर होम छ भने देशभर २५ वटा डिआर सेन्टर रहेको छ ।

नेपालमा प्रत्येक वर्ष ३२ हजार ४३ जना क्षयरोगका नयाँ संक्रमित भेटिने गरेको छ भने ५ हजार ५ सय जनाको मृत्यु हुने गरेको तथ्यांकमा उल्लेख छ ।
‘संकेत समयको, क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ बुधबार राष्ट्रिय क्षयरोग दिवस मनाइँदै छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ७ : ५१ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर