फेरि फैलन थाल्यो कोरोनाको त्रास, कञ्चनपुरमा अनिश्चितकालीन ९ बुँदे आदेश जारी « Khabarhub

फेरि फैलन थाल्यो कोरोनाको त्रास, कञ्चनपुरमा अनिश्चितकालीन ९ बुँदे आदेश जारी


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– केही मत्थर भएको कोरोना संक्रमण फेरि फैलन थालेसँगै सर्वसाधारणमा त्रास फैलिएको छ ।

कोरोना भाइरस संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले पनि कडाइ गर्न थालेका छन् । यसैबीच जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा बढी मानिस भेला हुने कार्यक्रममा कडाइ गरेको छ ।

जिल्लामा भेला हुन, जात्रा, पर्व, भीडभाड गर्न, महोत्सव, जुलुस, मेला लगाउनमा रोक लगाएको छ। जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले स्थानीय प्रशासन ऐनअनुसार मंगलबार राति १२ बजेदेखि लागु हुने गरी प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले ९ बुँदे आदेश जारी गरेका छन्।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको सूचनामा धार्मिक तथा सामाजिक स्थलमा सामाजिक दूरीलगायत जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गर्नुपर्ने, अत्यावश्यकबाहेकका व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, यातायातलगागतका सेवा एवं मानिसहरुको आवागमन बिहान ४ देखि बलुकी १० बजेसम्म जनस्वास्थ्यको सुरक्षा मापदण्ड पूर्ण पालना गरी सञ्चालन गर्न पाइने जनाएको छ।

कञ्चनपुर जिल्लास्थित अन्तर्राष्ट्रिय सिमानामा रहेका नेपाल प्रवेश गर्ने गड्डाचौकी र गौरीफन्टाबाट मापदण्ड बमाजेजिम यात्रुहरुको आगमान र मालसामानको ढुवानी व्यवस्था बिहान ६ देखि बेलुका ८ बजेसम्म कायम हुने गरी निरन्तरता दिइने भएको जनाइएको छ। ‘यसबाहेकका सबै प्रवेश बिन्दु र खुला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी महतोले जारी गरेको आदेशमा उल्लेख छ, ‘तोकिएको नाकाबाट नेपाल प्रवेश गर्ने सबै नेपाली नागरिक र पूर्व स्वीकृति प्राप्त भारतीय नागरिकको अभिलेख राख्ने र नाकामा रहेका हेल्थ डेस्कबाट अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्नु पर्नेछ।’

ज्वरो आएका यात्रुहरुको औलोको आरडिटी तथा सम्भव भएसम्म कोभिड १९ को एन्टिीजन परीक्षण गर्नु पर्नेछ। सबै व्यक्तिहरुले सेनिटाइजर, मास्क र सामाजिक दूरी लगायतको मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने प्रशासनले जनाएको छ।

यस्तै, कार्यालय, संघ संस्था, शैक्षिक संस्थाहरुले सामाजिक दूरीलगायत जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना गरी नियमित रुपमा कार्यालय सञ्चालन गरी सेवा प्रवाह गर्ने, बैठक गोष्ठी वा सेमिनार भर्चुअल माध्यमबाट गर्नुपर्ने, अत्यावश्यक बैठक गोष्ठी वा सेमिनार गर्नु परे जनस्वास्थ्यको मापदण्डकोे पूर्ण परिपालन गर्नु पर्नेछ।

प्रशासनको आदेश अवज्ञा गरिए संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने जनाइएको छ।

हेर्नुहोस् जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ८ : २६ बजे

रास्वपाको निर्णय : मन्त्रीहरूले महिनाको एक पटक पार्टी कार्यालयमा नागरिकसँग अन्तरक्रिया गर्ने

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक,

टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

बेइजिङ– टाइफुन ‘डल्फिन’ पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका दुई प्रमुख

सुशासनका लागि राजनीतिक नेतृत्वमा जबाफदेहिता आवश्यक : हरि ढकाल

पाटन– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सुशासन कायम

युद्धपछि पहिलोपटक देखिए इरानी सर्वोच्च नेता मुजतबा, स्वास्थ्यबारे उठेका प्रश्नमा नयाँ बहस

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनेई युद्धपछि पहिलोपटक सार्वजनिक

सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि हरि ढकाललाई जवाफ : तपाईंको नाम चाहिँ ‘गोबर’ राखे हुन्न ?

काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले देशको