कोरोना जोखिम बढेपछि मलामी सङ्ख्या कम गर्न आग्रह « Khabarhub

कोरोना जोखिम बढेपछि मलामी सङ्ख्या कम गर्न आग्रह


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– विश्वव्यापीरूपमा फैलिएको कोरोना सङ्क्रमणको जोखिम पुनः वृद्धि भएपछि देवघाट क्षेत्र विकास समितिले मलामी सङ्ख्या कम गर्न आग्रह गरेको छ ।

समितिले सूचना निकालेर कोरोना सङ्क्रमण वृद्धि भएसँगै जनस्तरमा चासो र चिन्ता व्यक्त भएको भन्दै मलामी आउँदा सचेतना अपनाउन आग्रह गरेको हो ।

कोरोना सङ्क्रमणबाट बच्न र बचाउनका लागि न्यून सङ्ख्यामा २० देखि २५ जनासम्म मलामी आउन आग्रह गरिएको समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले जानकारी दिए ।

“रोग लागिसकेपछिको चिन्ता र सतर्कताभन्दा त्यसपूर्व नागरिकको सचेत व्यवहारलाई उत्तम मानिन्छ”, उनले भने, “सनातन संस्कृतिका अनुयायीहरुको पावनभूमि देवघाटधाम पनि कोरोना सङ्क्रमणको उच्च जोखिममा छ ।”

अनियन्त्रित सङ्ख्यामा मलामीको उपस्थिति र अनावश्यक घुमफिर, कोरोना महामारीमा कमी आएसँगै लयमा फर्कँदै गरेका होटल व्यवसाय र त्यहाँ रहने उपभोक्ता, अनावश्यकरूपमा हिँडडुल गर्ने समूह र देश बाहिरबाट आउने नागरिकबाट पनि देवघाटधाम कोरोनाको जोखिममा रहेको छ ।

न्यून सङ्ख्यामा मलामी आउन र मलामी अनावश्यक घुमफिर नगरी नुहाईधुवाई र चोखो शुद्ध भएर घर फर्कन समितिले आग्रह गरेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ९ : ०० बजे

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको बधाई, खनालसँग सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ– चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी–  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर

जुम्लाको तिलास्थित कुडारीमा आगलागी, एक किशोरको मृत्यु

जुम्ला– जुम्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा आगलागी

कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीहरुलाई निर्देशन

दोषी लुकाएर गरिने एकपक्षीय कारबाही र प्रतिशोधले देश जलाउँछ : नेता महर

काठमाडौँ– नेपाली कांग्रेसका नेता नैनसिंह महरले दोषीलाई लुकाएर एकपक्षलाई मात्रै