कुवेतमा ४ महिनासम्म भोकभोकै ड्युटी ! « Khabarhub

कुवेतमा ४ महिनासम्म भोकभोकै ड्युटी !

पारिश्रमिक माग्दा नदिएपछि नेपाली महिला कामदार आन्दोलनमा



दोहा : रोजगारीको लागि कुवेत पुगेका नेपाली महिला कामदारहरुले कम्पनीले काम गरे बापतको पारिश्रमिक नपाएपछि कम्पनी प्रशासनविरुद्ध आन्दोलन तथा नारावाजी गरेका छन् ।

काठमाडौँको सामाखुसीस्थित आरव ग्लोबल रेक्रुइमेन्ट प्राइबेट लिमिटेड मार्फत २० महिना अघि कुवेतको साफा नेशनल कम्पनीमा पुगेका उनीहरु कम्पनीले समयमा पारिश्रमिक नदिएपछि बाध्य भएर आन्दोलन गर्नु परेको नाम उल्लेख नगरिदिन आग्रह गर्दै एक महिलाले बताइन् ।

‘हामीले ४ महिनासम्म भोकभोकै ड्युटी गरौ अब अति भयो भनेर किन मार्ने की त मर्ने भनेर कम्पनीको मेनेजर लगायत सबैलाई कुट्दै हिड्न थाल्यौ,’ ती महिला कामदारले खबरहबसँग भनिन् ।

कम्पनीले आफूहरुलाई ३ महिनादेखि पारिश्रमिक नदिएको, सिबिल आइडी कार्डको डेट सकिएको फेरि रिन्यु गर्दा आफूहरुले नै पैसा तिर्नु पर्ने भनेको तथा एटिएम कार्डको पनि डेट सकिएको दुई वर्ष भएकोले बनाउन अनुरोध गर्दा नमानेपछि ५०/६० जना नेपाली महिला कामदारहरु मिलेर आन्दोलन गर्नु परेको उनीहरुको भनाइ छ।

करार अवधि समाप्त भएकाहरुलाई पनि कम्पनीले स्वदेश फर्किनको लागि हवाई टिकट उपलब्ध गराउन नसक्ने भनेको तथा एक्जिट जान नदिने गएपछि बिदामा जानुपर्ने, रिलिज पेपर पनि नदिने गरेको करण आफूहरु कम्पनीविरुद्ध उत्रन बाध्य भएको बताउँछन् ।

‘काम गरेको तीन महिनाको पूरा पारिश्रमिक दिनुपर्ने, होइन भने हामीलाई नेपाल पठाई दे भनेर भनेका छौँ । यी दुईमा एक नगरेसम्म ड्युटी नजाने निर्णय गरेका छौ,’ ती महिला भनिन् ।

दुई पटक कुवेतको श्रम अदालत ‘लेबर कोर्ट’ मा पनि उजुरी दिएको भएपनि सुनाइ नभएको उनीहरुले बताएका छन् । दुई/चार जना साथीहरुलाई कुवेत प्रहरीले पक्राउ गरी हिरासतमा राखेको समेत बताएका छन् ।

सोमबार साझ कम्पनी प्रशासन र पीडित कामदारहरु बीच भएको छलफलमा एक महिनाको पारिश्रमिक कम्पनीले उपलब्ध गराएको र अझै दुई महिनाको दिन बाँकी रहेको बताएका छन् ।

यता यस विषयमा कुवेतस्थित नेपाली दूतावाससँग प्रतिक्रिया लिन खोज्दा एक कर्मचारीलाई कोरोना संक्रमण भएर सम्पूर्ण कर्मचारीहरु आइसोलेसनमा बसेको करण सम्पर्क हुन् सकेन् । पछिल्लो समयमा कोरोना महामारीको करण कुवेत, साउदी अरब लगायत खाडीका देशहरुमा बिजनेस ठप्प हुदा कति पय कम्पनीहरुले आफ्ना कामदारलाई समयमा पारिश्रमिक दिन सकेका छैनन् ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ९ : ३९ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति : १५औँ महाधिवेशनदेखि सरकारका १०० दिनसम्म छलफल

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको

विविधतामै नेपालको शक्ति, सामाजिक सद्भाव जोगाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले नेपालको शक्ति विविधतामा

सुस्तामा भूमि कटान रोकथाम गर्न लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने

नवलपरासी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्तामा नारायणी

‘संविधान संशोधन गरेर आदिवासी, जनजाति अल्पसङ्ख्यकका हकहितका विषय समेटिनुपर्छ’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज