आज पनि पहाडी भेगमा वर्षाको सम्भावना « Khabarhub

आज पनि पहाडी भेगमा वर्षाको सम्भावना


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्थानीय र पश्चिमी वायुको प्रभावले आज मुलुकका पहाडी भेगमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ भने अन्य भू-भागमा सामान्य बदली भइरहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज अपराह्नपछि गण्डकी प्रदेश, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै  स्थानहरु र बाँकी प्रदेशका पहाडी भू- भागमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार र शुक्रबार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

चैत्र ११ गते (बुधबार)

दिउँसो : सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ बाँकी भू-भागमा पनि आंशिक बदली रहने छ । गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरु र बाँकी प्रदेशका पहाडी भू- भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र १२ गते (बिहीबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू-भागहरुका थोरै स्थानहरु मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र १३ गते (शुक्रबार)

दिउँसो : प्रदेश न. १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ।

राति : गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाकी भू-भागमा मौसम सामान्यतया सफा  रहनेछ ।

 

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  १० : ४५ बजे

कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीहरुलाई निर्देशन

दोषी लुकाएर गरिने एकपक्षीय कारबाही र प्रतिशोधले देश जलाउँछ : नेता महर

काठमाडौँ– नेपाली कांग्रेसका नेता नैनसिंह महरले दोषीलाई लुकाएर एकपक्षलाई मात्रै

अध्यक्ष ओलीको पक्राउविरुद्ध एमालेका चार निर्णय, देशभर प्रदर्शन गर्ने

काठमाडौँ– नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश

ओली–लेखक पक्राउबारे कांग्रेस किन मौन ?

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका

अध्यक्ष ओलीको पक्राउ विरुद्ध एमालेको प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ– पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध नेकपा एमालेले