अधबैशे अभिनेतासँग रोमान्स गर्ने यी अभिनेत्रीहरु « Khabarhub

अधबैशे अभिनेतासँग रोमान्स गर्ने यी अभिनेत्रीहरु


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडमा एक समय यस्तो समय पनि आयो, जुन बेला अभिनेताहरुले आफू भन्दा कैयौं सानो उमेरका अभिनेत्रीसँग फिल्मी रोमान्स गरे ।

यो सूचीमा सलमान खान, विनोद खन्ना, शाहरुख खान, नसरुद्दीन शाहसमेत कैयौं अभिनेता पर्छन् ।

८० र ९० को दशकमा कैयौं अभिनेत्रीहरुले पनि बलिउडमा पाइला चालेर आफ्नो अलग पहिचान बनाए । उनीहरुले बढी मात्रामा अधबैशे उमेरका अभिनेतासँग रोमान्स गर्ने अवसर पाए ।

एबीपी न्यूजमा प्रकाशित समाचारअनुसार अभिनेत्री विद्या वालनले फिल्म ‘द डर्टी पिक्चर’मा आफू भन्दा ३९ वर्ष जेठा नसरुद्दीन शाहसँग अनस्क्रिन रोमान्स गरेकी थिइन् ।

फिल्म ‘दयावान’मा माधुरी दीक्षित र विनोद खन्ना एकसाथ देखिए । यो फिल्ममा माधुरीले आफूभन्दा करिब २० वर्ष ठूला विनोदसँग रोमान्टिक बनेकी थिइन् ।

त्यस्तै ‘निशब्द’मा अमिताभ बच्चन र दिवंगत अभिनेत्री जिया खानले अभिनय गरेका थिए । यो फिल्ममा अभिनय गरिरहँदा अमिताभ जिया भन्दा ४४ वर्ष जेठा थिए ।

अभिनेता शाहरुख खान र अभिनेत्री आलिया भट्ट फिल्म ‘डियर जिन्दगी’मा सँगै देखिए । उमेर अन्तर हेर्ने हो भने शाहरुख आलिया भन्दा २८ वर्ष जेठा छन् ।

आफ्नो अभिनयका कारण बलिउडमा लोकप्रियता कमाएकी अभिनेत्री सोनाक्षी सिन्हाले फिल्म ‘दबंग’बाट बलिउडमा पाइला चालिन् ।

यो फिल्ममा अभिनेता सलमान खानसँगको उनको अनस्क्रिन रोमान्सलाई दर्शकले खुबै मनपराए । उमेरको हिसाब गर्ने हो भने सलमान सोनाक्षी भन्दा २२ वर्ष जेठा छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  १२ : ३० बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग