व्यक्तिगत लाभ खोज्दै अदालत पुग्नेले सम्पदा पुनर्निर्माणमा अवरोध खडा गरे : मेयर शाक्य « Khabarhub

व्यक्तिगत लाभ खोज्दै अदालत पुग्नेले सम्पदा पुनर्निर्माणमा अवरोध खडा गरे : मेयर शाक्य


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले व्यक्तिगत लाभ र राजनीतिक स्वार्थले अदालत र अख्तियारको दुरूपयोग गर्ने प्रवृत्तिलाई निरुत्साह गर्नुपर्ने बताएका छन् ।

काठमाडौँ महानगरपालिकाबाट भएको न्यायिक कार्यको निरीक्षण सम्वन्धमा जिल्ला अदालत काठमाडौँका न्यायाधीश राजुकुमार खतिवडा नेतृत्वको टोलीसँगको छलफलमा शाक्यले यस्तो बताएका हुन् ।

‘काठमाडौँ महानगरले अघि सारेका सम्पदा र विकास निर्माणका काममा राजनीतिक वा व्यक्तिगत स्वार्थ राखी अख्तियार र अदालतमा मुद्दा हाल्ने प्रवृत्तिका कारण लामो समय निर्माण कार्य अवरोध हुने गरेको छ,’ मेयर शाक्यले भने, ‘यसले लागतसमेत बढेर राज्यलाई करोडौँ घाटा भइरहेको छ ।’

अख्तियार र अदालतलाई समेत भ्रममा पारी दुरूपयोग गर्न खोज्ने व्यक्तिलाई कारवाही वा क्षतिपूर्तिको व्यवस्था हुनु पर्नेसमेत उनले बताए ।

अदालतमा मुद्दा परेका कारण रानीपोखरी पुननिर्माणको लागत करीब ६ करोड बढेको उनको दाबी छ ।

‘नेपाली बृहद् शब्दकोषमा अभियन्ताको अर्थ इन्जिनियर हुने रहेछ । तर, यहाँ आफ्नो पहिचान लुकाएर नागरिक अभियन्ता भन्दै अख्तियार र न्यायलयलाई भ्रममा पारी २ पानामा लेखेर उजुरी गरी काम रोक्ने प्रवृत्ति हावी भएको छ । यी  रोकिएका कामका कारण बढेको लागत र यसले सरकारी सम्पत्तिमा परेको घाटा कसले व्यहोर्छ,’ भन्दै शाक्यले प्रश्न गरे ।

काठमाडौँ महानगरपालिकाका सबै जनप्रतिनिधि कमलपोखरी छिटो निर्माण सम्पन्न हुनुपर्छ भन्नेमा ट्ठथानीयसमेत एकजुट रहँदा केही व्यक्तिले त्यसमा भाँजो हाल्न खोजेको उनले बताए ।

‘कमलपोखरी नदेखेका र नबुझेकाहरुलाई आफ्नो स्वार्थ पूरा गर्न डियर मेयर भन्दै ‘प्ले कार्ड’ बोकाएर, माटोको टिका लगाउन लगाएर भ्रम फैलाउने काम भयो,’ उनले भने, ‘त्यहाँ उपस्थित भएका केहीले त हामीलाई भ्रममा पारेर त्यहाँ लैजाने काम भयो भन्दै गल्ती स्वीकार गरेका छन् ।’

छलफलका क्रममा न्यायाधीश खतिवडाले उच्च अदालत र सर्वोच्च अदालतका न्यायाधीशहरु जिल्ला अदालतको निरीक्षणमा आउँदा आफूले यो कुरा राख्ने बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  १२ : ३५ बजे

कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीहरुलाई निर्देशन

दोषी लुकाएर गरिने एकपक्षीय कारबाही र प्रतिशोधले देश जलाउँछ : नेता महर

काठमाडौँ– नेपाली कांग्रेसका नेता नैनसिंह महरले दोषीलाई लुकाएर एकपक्षलाई मात्रै

अध्यक्ष ओलीको पक्राउविरुद्ध एमालेका चार निर्णय, देशभर प्रदर्शन गर्ने

काठमाडौँ– नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश

ओली–लेखक पक्राउबारे कांग्रेस किन मौन ?

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका

अध्यक्ष ओलीको पक्राउ विरुद्ध एमालेको प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ– पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध नेकपा एमालेले