श्रीमानसँगै सुतेकी महिलाले होटलको कोठाबाट हाम फालिन « Khabarhub

श्रीमानसँगै सुतेकी महिलाले होटलको कोठाबाट हाम फालिन


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधाममा होटलबाट एक महिला हाम फालेर आत्महत्या गरेकी छिन् । मंगलबार राति श्रीमानसँगै सुतेकी जनकपुरधामस्थित सर्लाही होटल एण्ड गेस्ट हाउसबाट हामफालेर आत्महत्या गरेकी छन् ।

म्याग्दीको तत्कालिन बिम गाविस ८ घर भएकी सृजना सुनार श्रीपालीले होटलको पाँचौ तल्लाबाट हामफालेर आत्महत्या गरेकी हुन् । उनको शव आज बिहान होटल छेउमै रहेको खानेपानी संस्थानको परिसरमा फेला परेको धनुषाको प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

यातायात कार्यालय जनकपुरबाट स्कुटीको लाइसेन्स बनाउन श्रीमान विश्वास सिर्पालीसँगै उनी दुई दिन अगाडी नै जनकपुरधाम आएर उक्त होटलमा बसेका थिए ।

‘राति गफगाफ गरेर सुत्यौं । बिहान साढे तीन बजे बिउझिएँ । ओछ्यानमा बुडी थिएनन्,’ मृतक महिलाको श्रीमान विश्वास श्रीपालीले भने, ‘त्यसपछि खोज्न थाले । अनी होटल छेउमा पानीमा शव फेला पर्‍यो ।’

विश्वास ११ दिनअगाडी मात्र विदेशबाट आएको थियो । साउदीमा करिव डेढ वर्ष काम गरेर नेपाल आएको उनले बताए । श्रीमती सरकारी जागिरमा रहेको भन्दै हिजो राति समान्य विवाद भएको बुझिएको छ । श्रीमती आत्महत्या गरेकी विषयमा केही बताउन नसक्ने प्रहरी समक्ष बयान दिएका छन् । घटना शंकास्पद देखिएकाले अनुसन्धान गरिरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रको भनाइ छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  १२ : ४२ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी