कांग्रेस नेतृ प्रसाईको निधन « Khabarhub

कांग्रेस नेतृ प्रसाईको निधन


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- नेपाली कांग्रेसकी वयोवृद्धा नेतृ गिरिराजकुमारी प्रसाईको निधन भएको छ । ९० वर्षको उमेरमा उनको झापाको विर्तामोडस्थित वीएण्डसी अस्पतालमा निधन भएको हो ।

स्व. प्रसाई नेपाली कांग्रेसका पहिलो पुस्ताका नेता सीके प्रसाईकी पत्नी हुन् भने सीके विपी कोईरालाका सहकर्मी हुन् । श्रीमानको निधन पछि गिरिराजकुमारी आँफै पनि राजनीतिमा सक्रियता पूर्वक लागेकी थिईन् ।

उनी २०५१ सालको संसदीय निर्वाचनमा तत्कालिन झापा क्षेत्र नं. २ मा तत्कालिन नेकपा एमालेका नेता केपी शर्मा ओलीसँग पराजित भएकी थिईन् । उनको जन्म वि.सं. १९८८ कातिर्कमा ललितपुरमा भएको नेपाली कांग्रेसले जनाएको छ ।

नेतृ प्रसाईको निधन प्रति कांग्रेसका नेताहरुले शोक व्यक्त गरेका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमा लेखेका छन्, ‘चैत ७ गते विर्तामोडको अस्पतालमा स्वास्थलाभ कामना गरिरहँदा कल्पना गरेको थिइन त्यो भेट अन्तिम हुनेछ । सीके प्रसाईंलाई एक सफल प्रसिद्ध बौद्धिक चिन्तक बन्न गिरिराजकुमारी प्रसाईंको योगदान जीवन साथिका रूपमा सबैभन्दा महत्त्वपूर्ण रह्यो, उनै ज्ञानु मुवाप्रति हार्दिक श्रद्धाञ्जली ।’

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  १ : ०६ बजे

रास्वपाको निर्णय : मन्त्रीहरूले महिनाको एक पटक पार्टी कार्यालयमा नागरिकसँग अन्तरक्रिया गर्ने

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक,

टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

बेइजिङ– टाइफुन ‘डल्फिन’ पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका दुई प्रमुख

सुशासनका लागि राजनीतिक नेतृत्वमा जबाफदेहिता आवश्यक : हरि ढकाल

पाटन– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सुशासन कायम

युद्धपछि पहिलोपटक देखिए इरानी सर्वोच्च नेता मुजतबा, स्वास्थ्यबारे उठेका प्रश्नमा नयाँ बहस

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनेई युद्धपछि पहिलोपटक सार्वजनिक

सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि हरि ढकाललाई जवाफ : तपाईंको नाम चाहिँ ‘गोबर’ राखे हुन्न ?

काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले देशको