‘फास्ट एण्ड फ्युरियस’ मा छोरासँग देखिँदै विन | Khabarhub Khabarhub

‘फास्ट एण्ड फ्युरियस’ मा छोरासँग देखिँदै विन


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– हलिउड अभिनेता विन डिजल भन्नासाथ जोकोहीले फिल्म ‘फास्ट एण्ड फ्युरियस’ सम्झन्छन् । उनले आफ्नो करियरमा धेरै हिट फिल्म दिएका छन् ।

अमर उजालामा प्रकाशित समाचारअनुसार यी अभिनेता ‘फास्ट एण्ड फ्यूरियस’को नवौं सिरिजमा १० वर्षे छोरा विन्सेन्ट सिंक्लेयरलाई डेब्यू गराउदैछन् । विन्सेन्टले सन् २०१९ मै आफ्नो दृश्यको छायांकन गरिसकेका छन् ।

डिजेल छोरालाई निकै प्रेम गर्छन् र उनी कैयौं पटक पिताका साथ मिडियामाझ आइसकेका छन् ।

विन्सेन्ट विन र उनको लामो समयको प्रेमिका पालोमा जिमनेजका छोरा हुन् । यसबाहेक उनका दुई सन्तान हेनिया रिले र पालिने सिंक्लेयर छन् ।

‘फास्ट एण्ड फ्यूरियस ९’ को सुरुवात सन् २०१९ को जूनमा इंग्ल्याण्डको लीव्सडन स्टुडियोमा भयो र त्यसै वर्षको नोभेम्बरमा छायांकन सकिएको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  २ : १२ बजे

धनगढीमा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा दुईजना घाइते

धनगढी– धनगढीमा मोटरसाइकललाई स्कुटरले पछाडिबाट ठक्कर दिँदा दुई जना घाइते

‘पुजार सार्की’को ट्रेलर, प्रदीप र आर्यन आउँदा पल देखिएनन् (तस्बिरहरू)

काठमाडौं– आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ प्रदर्शन हुने

चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको

नक्कली नोटसहित एक महिला पक्राउ

जाजरकोट– नक्कली नोटसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

‘पुजार सार्की’को ट्रेलर रिलिजमा पल शाह किन अनुपस्थित ?

काठमाडौं– दिनेश राउतको निर्देशन रहेको मल्टिस्टार फिल्म ‘पुजार सार्की’को ट्रेलर