महाधिवेशको तयारी गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक « Khabarhub

महाधिवेशको तयारी गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बैठक आगामी चैत २० गते बस्‍नेछ। पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकको सहमतिअनुसार बैठक बोलाएका हुन्।

सोमबार सानेपामा बसेको पार्टीका पदाधिकारी तथा वरिष्ठ नेता सहभागी बैठकमा केन्द्रीय समिति बोलाउने सहमति भएको थियो। त्यही सहमतिअनुसार बैठक डाकिएको पार्टी प्रवक्ता विश्‍वप्रकाश शर्माले बताए।

बैठकमा महाधिवेशनको तयारीलगायत समसामयिक विषयमा छलफल हुने प्रवक्ता शर्माले बताए।

पार्टीको महाधिवेशन आगामी भदौमा गर्ने निर्णय भए पनि क्रियाशील सदस्यता वितरण र नवीकरणको विवाद टुंगिएको छैन। क्रियाशील सदस्यता वितरण र नवीकरणमा भइरहेको ढिलाइबारे छलफल गरेर यसलाई प्रभावकारी बनाउने रणनीतिअनुसार बैठक बोलाइएको हो।

कांग्रेसको देशभर १० लाख क्रियाशिल सदस्य रहेको अनुमान गरिए पनि चार लाख मात्र अद्यावधिक भएको छ। थुप्रै जिल्लाबाट क्रियाशील सदस्यताको प्रतिवेदन आइसकेको छैन। अबको बैठकमा क्रियाशील सदस्यता बुझाउने कार्यतालिका संशोधन गरिने संभावना छ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ३ : १६ बजे

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ