आम्दानीको ०.५ प्रतिशत जगेडा कोषमा जम्मा गर्न निजी विद्यालयलाई एनप्याव्सनको निर्देशन « Khabarhub

आम्दानीको ०.५ प्रतिशत जगेडा कोषमा जम्मा गर्न निजी विद्यालयलाई एनप्याव्सनको निर्देशन


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) ले सदस्य विद्यालयलाई मासिक कूल आम्दानीको ०.५ प्रतिशत रकम छुट्टै जगेडा कोष निर्माण गरी जम्मा गर्न निर्देशन दिएको छ ।

एनप्याब्सनको गत चैत ४ र ५ गते कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न केन्द्रीय समितिको बाह्रौं बैठकले प्रत्येक सदस्य विद्यालयलाई रकम जम्मा गर्न निर्देशन दिने निर्णय गरेको एनप्याव्सनका अध्यक्ष ऋतुराज सापकोटाले बताए ।

कोभिड–१९ जस्ता महामारीमा विद्यालय व्यवस्थापन र सञ्चालनमा मद्दत हुने भएकाले यस्तो निर्णय गरिएको उनले जानकारी दिए ।

उनले भने, ‘फेरी पनि कोरोना संक्रमण नफैलेला भन्न सकिदैन्,’ त्यस्तो अवस्थामा एनप्याव्सनले आफ्ना सदस्य विद्यालयको शिक्षण सिकाइलाई अझ प्रभावकारी बनाउन आवश्यक भूमिका निर्वाह गर्न सक्ने निर्णय गरेको छ ।

त्यस्तै एनप्याब्सनको केन्द्रीय कार्य सम्पादन समितिको विभिन्न बैठकबाट सातौं महाधिवेशन आगामी वर्ष २०७८ कार्तिक ११ – १३ गतेसम्म सम्पन्न गर्ने निर्णय भएको सापकोटाले बताए ।

एनप्याव्सनले बुधबबार विज्ञप्ती जारी गर्दै उक्त बैठकले केन्द्रीय कार्यालय भवन खरिद तथा निर्माणका लागि एक उप समितिको गठन गरी आवश्यक प्रक्रिया अघि बढाउनका लागि कार्यसम्पादन समितिलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

सम्पन्न बैठकले जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी जिल्लाहरूले सम्बन्धित प्रदेश समितिको समन्वयमा आगमी जेठ मसान्त भित्रमा अधिवेशन सम्पन्न गरी सोको अध्यावधिक विवरण प्रदेश समिति मार्फत केन्द्रमा पठाउन निर्देशन दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्थानीय निकायहरूले शिक्षा सम्बन्धी आ–आफनै ढङगले कार्यविधि बनाई कार्यान्वयन समेत गर्दै आएको सन्दर्भमा देखिएको असर र निजी विद्यालयहरूमा देखिएको अन्यौलपूर्ण वातावरण सृर्जना भएकाले अन्यौला हटाउन सङ्घीय, प्रादेशिक तथा स्थानीय निकायहरूमा निर्माण गरिने शिक्षा सम्बन्धी समिति र उपसमितिहरूमा एनप्याब्सनको अनिवार्य संस्थागत प्रतिनिधित्वको लागि माग गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ३ : ३१ बजे

बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड

काभ्रेपलाञ्चोक– दिउँसोको वर्षाका कारण बीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा

वन संरक्षणलाई आयआर्जनमुखी बनाउन आग्रह

रसुवा– जिल्लामा सामुदायिक वन व्यवस्थापनलाई थप सुदृढ बनाउँदै स्थानीय समुदायको

लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन

सिरहा– यहाँको लहान नगरपालिकाले सगरमाथा चौधरी आँखा अस्पतालसँगको सहकार्यमा वडा

बढ्दै औलोको सङ्क्रमण

चितवन- चितवन जिल्लाका अस्पतालहरूमा उपचारका लागि आएका बिरामीमध्ये चालु आर्थिक

कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु

मुस्ताङ– कालिगण्डकी नदीले बगाउँदा आज एक बालकको मृत्यु भएको छ