कोही बेसहारा छैन, जनतालाई सरकारको साथ छ- प्रधानमन्त्री « Khabarhub

कोही बेसहारा छैन, जनतालाई सरकारको साथ छ- प्रधानमन्त्री


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कोही पनि नेपाली बेसहारा नभएको बताएका छन् ।

नगरपालिका संघको २८औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्थानीय, प्रदेश र संघीय सरकारसहित देशमा ७६१ सरकार रहेको बताए । यीनै ७६१ सरसकारले जनतालाई बेसहारा बन्न नदिने प्रधानमन्त्रीको दाबी छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कोही-कसैले जनता बेसहरा भएको भनेर भनेको सुन्छु । मुलुकमा ७६१ वटा सरकार छ, कसरी जनता बेसहारा भए ? एउटा संघीय सरकार छ, ७ वटा प्रदेश सरकार छन् अनि ७५३ वटा स्थानीय सरकार नै छन् । अब कसरी भए जनता बेसहारा ? सबै जनताको रेखदेख सरकारले गर्छ ।’

प्रधानमन्त्री ओलीले अबको ४ दिनपछि काठमाडौँमा मेलम्चीको पानी वितरण गर्ने पनि बताए । उनले भने, ‘अबको ४ दिनपछि हामी मेलम्चीको पानी काठमाडौँमा वितरण गर्छौँ । यसका लागि काम भइरहेको छ ।’

स्वास्थ्यका बारेमा आफूले भनेका कुराको आलोचना गर्नेलाई पनि प्रधानमन्त्रीले जवाफ दिएका छन् । उनले जनप्रतिनिधि र अभियन्ताका नाताले आफूले स्वास्थ्यका बारेमा बोल्ने गरेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘कहिले-कहिले मलाई मान्छेले भन्ने गर्छन्, स्वास्थ्यका बारेमा किन बोल्छ ? डाक्टर होइन, केही होइन । बोल्न किन पर्छ भने म अभियन्ता हुँ । जनतामा चेतना ल्याउनुपर्छ, जागरण ल्याउनुपर्छ । चेतनाको शंखघोष गर्नुपर्छ । अभियन्ताका हिसाबमा मैले ती कुराहरु गर्नुपर्छ ।’

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ३ : ४५ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी