कोही बेसहारा छैन, जनतालाई सरकारको साथ छ- प्रधानमन्त्री | Khabarhub Khabarhub

कोही बेसहारा छैन, जनतालाई सरकारको साथ छ- प्रधानमन्त्री


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कोही पनि नेपाली बेसहारा नभएको बताएका छन् ।

नगरपालिका संघको २८औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्थानीय, प्रदेश र संघीय सरकारसहित देशमा ७६१ सरकार रहेको बताए । यीनै ७६१ सरसकारले जनतालाई बेसहारा बन्न नदिने प्रधानमन्त्रीको दाबी छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कोही-कसैले जनता बेसहरा भएको भनेर भनेको सुन्छु । मुलुकमा ७६१ वटा सरकार छ, कसरी जनता बेसहारा भए ? एउटा संघीय सरकार छ, ७ वटा प्रदेश सरकार छन् अनि ७५३ वटा स्थानीय सरकार नै छन् । अब कसरी भए जनता बेसहारा ? सबै जनताको रेखदेख सरकारले गर्छ ।’

प्रधानमन्त्री ओलीले अबको ४ दिनपछि काठमाडौँमा मेलम्चीको पानी वितरण गर्ने पनि बताए । उनले भने, ‘अबको ४ दिनपछि हामी मेलम्चीको पानी काठमाडौँमा वितरण गर्छौँ । यसका लागि काम भइरहेको छ ।’

स्वास्थ्यका बारेमा आफूले भनेका कुराको आलोचना गर्नेलाई पनि प्रधानमन्त्रीले जवाफ दिएका छन् । उनले जनप्रतिनिधि र अभियन्ताका नाताले आफूले स्वास्थ्यका बारेमा बोल्ने गरेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘कहिले-कहिले मलाई मान्छेले भन्ने गर्छन्, स्वास्थ्यका बारेमा किन बोल्छ ? डाक्टर होइन, केही होइन । बोल्न किन पर्छ भने म अभियन्ता हुँ । जनतामा चेतना ल्याउनुपर्छ, जागरण ल्याउनुपर्छ । चेतनाको शंखघोष गर्नुपर्छ । अभियन्ताका हिसाबमा मैले ती कुराहरु गर्नुपर्छ ।’

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ३ : ४५ बजे

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा – वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत्

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको