लकडाउनको वार्षिकीमा सर्ट फिल्म ‘अकाल’ « Khabarhub

लकडाउनको वार्षिकीमा सर्ट फिल्म ‘अकाल’


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालमा कोरोनाका कारण लकडाउन घोषणा भएको आज एक वर्ष पुरा भएको छ ।

एक वर्ष पुरा भएको दिन पारेर बुधबार सर्ट फिल्म अकाल सार्वजनिक भएको छ ।

लकडाउनमा नागरिकहरुले भोग्नु परेको विषयलाई समेटेर सो फिल्म निर्माण भएको छ ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण धेरैले जीवन गुमाउनु पर्‍यो ।

रक्की महर्जनको निर्देशन, छायांकन र सम्पादनमा बनेको उक्त सर्ट फिल्मको कथा राज महर्जनले लेखेका हुन् ।

फिल्ममा कोरोना संक्रमण सुरु भएपछि त्यसको नकारात्मक प्रचार कसरी भयो र उपयुक्त जानकारीको कमिका कारण कसरी कुनै व्यक्तिले अकाल ज्यान गुमाउनु पर्‍यो भन्ने विषयवस्तुलाई मुख्य केन्द्रमा राखिएको छ ।

कोरोना संक्रमण भएका व्यक्तिहरुलाई राख्नका लागि बनाइएका क्वारेन्टाइन स्थलहरुको दुर्दशा र बिरामीले उपयुक्त उपचार पाउन नसकेको यथार्थ चित्रण फिल्ममा गरिएको छ ।

गतवर्ष असारमा सिमित साधन र श्रोतको प्रयोग गरेर निर्माण गरिएको फिल्म सरकारले लकडाउन घोषणा गरेको एक बर्ष पुगेको दिन पारेर सार्वजनिक गरिएको हो ।

फिल्ममा रुपेन्द्र श्रेष्ठ, सुशील राजोपाध्याय, सरिता बज्राचार्य, सुरेन्द्र महर्जन, सुरेश महर्जन, रोजन महर्जन, बिक्रम महर्जन र अकबर श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

फिल्म सुत्र टिभि एचडि को यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ४ : ३५ बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका