कोभिड त्रासले सर्‍याे ‘लप्पन छप्पन २’ « Khabarhub

कोभिड त्रासले सर्‍याे ‘लप्पन छप्पन २’


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही चैत २७ गतेबाट रिलिजको तयारीमा रहेको फिल्म ‘लप्पन छप्पन २’ कोभिडको त्रासले पछाडि सरेको छ ।

भारतमा कोभिड महामारीको क्रम पुनः बढेपछि स्वास्थ्य मन्त्रालयले कोभिड– १९को जोखिम कायमै रहेकाले भीडभाडजन्य बैठक, जुलुस, कार्यक्रम र व्यापार नगर्न भनेपछि फिल्मको रिलिज तत्कालका लागि रोकिएको हो ।

निर्देशक तथा निर्माता मुकुन्द भट्टले पूर्व निर्धारित मितिमा फिल्म रिलिज नहुने स्वीकारे । ‘कोभिडको पछिल्लो अवस्था र स्वास्थ्य मन्त्रालयको आग्रहलाई सहज स्वीकार गर्दै हालका लागि फिल्म रिलिज कार्यक्रम स्थगित गरिएको छ’, उनले भनेका छन् ।

एक्सन फ्लेभरको फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ ।

खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनयमा डेब्यु गर्दैछन् ।

फिल्म नेपालीसँगै हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चिनियाँ गरी ६ भाषामा रिलिज हुनेछ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ५ : ०५ बजे

पहिचान, इतिहास र संस्कृतिको खोजमा राजवंशी ठाकुर समुदाय

कञ्चनपुर– थारू जातिभित्रको राजवंशी ठाकुर समुदायले आफ्नो भाषा, संस्कृति र

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

एजेन्सी– मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर

ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल 

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली