डडेल्धुरा प्रशासनद्वारा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह « Khabarhub

डडेल्धुरा प्रशासनद्वारा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– जिल्ला प्रशासन कार्यालय डडेल्धुराले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रशासनले सूचना प्रकाशित गर्दै कोरोना भाइरसको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो।

फागु पूर्णिमा होलीमा भीडभाड नगर्न र कोभिड–१९ को संक्रमण बढ्न नदिन सेनिटाइजर, मास्क र सामाजिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरिएको डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिएका छन्।

उनले मास्क नलगाउनेहरूलाई संक्रमण रोग ऐन बमोजिम कारबाही गरिने बताएका छन्।

छिमेकी मुलुक भारतका विभिन्न राज्यमा कोरोना संक्रमणदर तीव्र रूपमा फैलिन थालेपछि नेपालमा पनि जोखिम बढेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ५ : ०१ बजे

कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल– धेरैजसो युवाहरू वैदेशिक रोजगारका लागि परदेश जान्छन् । आफ्नो

अमेरिकाले ४७ वर्षपछि सिरियालाई ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’को सूचीबाट हटायो

काठमाडौं- अमेरिकाले सिरियालाई करिब ४७ वर्षपछि ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’ को

ताल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

नुवाकोट– किस्पाङ पुग्नेहरु ताल्चेको भेडा फार्म नहेरी फर्कँदैनन् ।  यहाँको मनमोहक दृश्यावलोकन

इरानमाथि अमेरिकाको थप प्रतिबन्ध

वासिङ्टन– संयुक्त राज्य अमेरिकाले इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने एमालेको निर्णय

गण्डकी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री