झापा प्रशासनद्वारा सामूहिक होली खेल्न रोक | Khabarhub Khabarhub

झापा प्रशासनद्वारा सामूहिक होली खेल्न रोक



झापा– भारतमा कोरोना भाइरसको महामारी फैलिएका बेला पूर्वी सिमावर्ती जिल्ला झापामा पनि सतर्कता बढाइएको छ ।

जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले सीमा क्षेत्रबाट हुने आवत–जावतमा कडाई गर्ने, सुरक्षा सतर्कता बढाउन आह्वान गर्ने तथा आउँदै गरेको होली पर्वमा भिडभाड गर्न नदिने निर्णय गरेको हो ।

भारतको पश्चिम बंगाल र बिहार राज्यसँग सिमाना जोडिएको झापामा महामारी फैलिन नदिन प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार बैठकले सुरक्षा सावधानीका सबै उपाय अपनाउन आग्रह गर्ने, सार्वजनिक स्थानमा अनिवार्य मास्क लगाउनुपर्ने र होली पर्व घरैमा सिमित पार्न आग्रह गर्ने निर्णय गरेको हो ।

क्वारेन्टिन र आईसोलेसनको तयारी

कोरोना भाइरसको महामारी नियन्त्रणमा आएपछि यस अघि सञ्चालनमा ल्याइएका सार्वजनिक क्वारेन्टिन र आईसोलेसन सेन्टर हटाई सकिएको थियो ।

तर जिल्ला प्रशासनमा भएको बैठकले त्यस्ता सेन्टरहरु पुनः तयारी अवस्थामा राख्ने निर्णय गरेको हो । महामारी पुनः फैलिएमा संक्रमित तथा शंकास्पद संक्रमितहरुलाई छुट्टै राख्न सार्वजनिक क्वारेन्टिन र आईसोलेसन सेन्टर तयारी अवस्थामा राख्न सबै स्थानीय तहलाई आग्रह गरिएको छ ।

यस्तै भारतबाट नेपाल भित्रिनेहरुको अनिवार्य स्वास्थ्य परीक्षण गरेर मात्र भित्रिन दिन आग्रह गरिएको छ ।

यस्तो छ जारी सूचना

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ५ : ३३ बजे

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

हावाहुरीका कारण ४० परिवारका घरमा क्षति

बाजुरा– आज आएको हावाहुरीका कारण बाजुरा ठूलो क्षति भएको छ

सङ्खुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु