झापा प्रशासनद्वारा सामूहिक होली खेल्न रोक « Khabarhub

झापा प्रशासनद्वारा सामूहिक होली खेल्न रोक



झापा– भारतमा कोरोना भाइरसको महामारी फैलिएका बेला पूर्वी सिमावर्ती जिल्ला झापामा पनि सतर्कता बढाइएको छ ।

जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले सीमा क्षेत्रबाट हुने आवत–जावतमा कडाई गर्ने, सुरक्षा सतर्कता बढाउन आह्वान गर्ने तथा आउँदै गरेको होली पर्वमा भिडभाड गर्न नदिने निर्णय गरेको हो ।

भारतको पश्चिम बंगाल र बिहार राज्यसँग सिमाना जोडिएको झापामा महामारी फैलिन नदिन प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार बैठकले सुरक्षा सावधानीका सबै उपाय अपनाउन आग्रह गर्ने, सार्वजनिक स्थानमा अनिवार्य मास्क लगाउनुपर्ने र होली पर्व घरैमा सिमित पार्न आग्रह गर्ने निर्णय गरेको हो ।

क्वारेन्टिन र आईसोलेसनको तयारी

कोरोना भाइरसको महामारी नियन्त्रणमा आएपछि यस अघि सञ्चालनमा ल्याइएका सार्वजनिक क्वारेन्टिन र आईसोलेसन सेन्टर हटाई सकिएको थियो ।

तर जिल्ला प्रशासनमा भएको बैठकले त्यस्ता सेन्टरहरु पुनः तयारी अवस्थामा राख्ने निर्णय गरेको हो । महामारी पुनः फैलिएमा संक्रमित तथा शंकास्पद संक्रमितहरुलाई छुट्टै राख्न सार्वजनिक क्वारेन्टिन र आईसोलेसन सेन्टर तयारी अवस्थामा राख्न सबै स्थानीय तहलाई आग्रह गरिएको छ ।

यस्तै भारतबाट नेपाल भित्रिनेहरुको अनिवार्य स्वास्थ्य परीक्षण गरेर मात्र भित्रिन दिन आग्रह गरिएको छ ।

यस्तो छ जारी सूचना

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ५ : ३३ बजे

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला

काठमाडौं – रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख सहयोग

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित परिवारको

सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी रहन्छ’ : प्रधानमन्त्री शाह

काठमाडौं – भदौ १० गते आएको भीषण बाढीपछि रसुवा र

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

रसुवाबाट सुत्केरी र नवजात शिशुको हवाई उद्धार

काठमाडौं – रसुवाको आमाछोदिङमो गाउँपालिका-३, गत्लाङकी २९ वर्षीया फुर्पुयामो तामाङ