कोरोनाको जोखिम बढेमा ‘संक्रमणको चक्र’ रोक्न सरकारले नीतिगत निर्णय गर्नेछ : स्वास्थ्य मन्त्रालय « Khabarhub

कोरोनाको जोखिम बढेमा ‘संक्रमणको चक्र’ रोक्न सरकारले नीतिगत निर्णय गर्नेछ : स्वास्थ्य मन्त्रालय

भीडभाड नगरी होली पर्व घरमै मनाउन अपील


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै होली पर्व घरमै मनाउन आग्रह गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको हो ।

बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोनाको जोखिम बढेको हुँदा सुरक्षा सतर्कता अपनाउन आग्रह गरे ।

‘पछिल्लो केही दिन यता संक्रमणको संख्या बढेको छ । कोरोनाको जोखिम बढेको हुँदा होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गर्छौं,’ उनले भने ।

उनले संक्रमणको अवस्था बिग्रिएमा सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्यवनमा थप कडाइ गर्ने जानकारी दिए ।

उनले भने, ‘लकडाउन गर्नु सरकारको उद्देश्य वा चाहना होइन, तर संक्रमितको संख्या उच्च हुन गएमा सरकारले परिस्थिति अनुसारका नीतिगत निर्णय गरी संक्रमणको चक्र रोक्नुपर्ने हुन्छ, संक्रमणलाई भयावहरुपमा फैलन नदिन सबै सजग हुनुपर्छ । ’

यसैगरी बैशाख १ गते मनाइने सुदुरपश्चिमको विसु पर्वलाई पनि सतर्कताका साथ मनाउन उनले आग्रह गरे ।

मन्त्रालयकाअनुसार मुलुकमा पछिल्लो २४ घन्टामा १४५ संक्रमित थपिएका छन् ।

३ हजार ९६३ पीसीआर परिक्षण हुँदा १४५ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोही अवधिमा ९० जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म कूल संक्रमित संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ भने मृतक संख्या ३०२० पुगेको छ । हाल नेपालमा १ हजार १८३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ६ : ०२ बजे

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन

केरलामा बर्ड फ्लूको प्रकोप : हजारौँ चरा नष्ट गर्ने निर्णय

एजेन्सी– भारतको दक्षिणी राज्य केरलामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) फैलिएको

वाग्मती सफाइ : तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ