कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक « Khabarhub

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले चैत २० गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। आसन्न १४औं महाधिवेशनको विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् ।

पार्टी सभापतिले चैत २० गतेका लागि बैठक बोलाउन निर्देशन दिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । सोमबार बसेको कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारीको बैठकको सहमति अनुसार केन्द्रीय समिति बैठक बोलाइएको उनले बताए ।

बैठकमा क्रियाशील सदस्यता छानविन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने उनले बताए ।

कांग्रेसले भदौ ७–१० गते महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ । अहिले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको तथ्यांक देशभरबाट केन्द्रमा पठाउने काम भइरहेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ६ : ३० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि