फिरौती रकम नपाएपछि यादवको हत्या, घटनामा स‌लग्न दुई पक्राउ « Khabarhub

फिरौती रकम नपाएपछि यादवको हत्या, घटनामा स‌लग्न दुई पक्राउ


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– सिरहामा एक जनाको अपहरण पछि हत्या भएको खुलेको छ । अपहरणकारीले  फिरौती रकम नपाएपछि उनको हत्या भएको घटना बाहिरिएको हो ।

मिर्चैया नगरपालिका ७ का शिवकुमार यादवलाई आफ्नै काकाको छोराले अपहरण गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

मृतक यादवका काकाको छोरा बिष्णु यादवले सालो ईन्द्र देब यादवसँग मिलेर हत्या गरेको प्रदेस २ प्रहरी कार्यालय प्रमुख धिरज प्रताप सिंहले जानकारी दिए ।

प्रदेश २ प्रहरी कार्यालयको प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको कमाण्डमा खटिएको टोलीले हत्यामा संलग्न रहेको आरोपमा बिष्णु यादव र ईन्द्र देबलाई पक्राउ गरेको छ ।

बिष्णु र ईन्द्र देबलाई प्राविधिक प्रमाण सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ ।

मृतक यादवका दाई केहि दिन पहिले वैदेशिक रोजगारबाट घर आएको समय पारेर उनीहरु अपहरण गरी फिरौती रकम मागेका थिए ।

परिवारजनले फिरौती रकम नदिएपछि गत आइतबार यादबको हत्या गरी अपहरणमा संलग्नले मिर्चैया १ स्थित आँप बगैँचामा शव फालेको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ७ : ३० बजे

इन्टरपोल दिवस : बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला

काठमाडौं – रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख सहयोग

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित परिवारको

सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी रहन्छ’ : प्रधानमन्त्री शाह

काठमाडौं – भदौ १० गते आएको भीषण बाढीपछि रसुवा र

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको