अबको चार दिनमै मेलम्चीको पानी काठमाडौँमा वितरण हुन्छ : प्रधानमन्त्री ओली « Khabarhub

अबको चार दिनमै मेलम्चीको पानी काठमाडौँमा वितरण हुन्छ : प्रधानमन्त्री ओली


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले अबको चार दिनमै काठमाडौंमा मेलम्चीको पानी वितरण हुने बताएका छन् ।

बुधबार नगरपालिका संघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अबको चार दिनमा मेलम्चीको पानी काठमाडौँमा वितरण गरिने जानकारी दिएका हुन् । उनले तत्काल पाइप नफुटोस् भनेर चरणबद्ध ढंगले पानी वितरण गरिनेसमेत बताए ।

‘अब चार दिनपछि हामी काठमाडौंमा धारामा मेलम्चीको पानी वितरण गर्दैछौँ’, प्रधानमन्त्री ओलीले भने, ‘१५ गते हामी मेलम्चीको पानी वितरण गर्न सुरु गछौँ र फेजवाइज त्यसलाई बढाउँदै लान्छौँ । कुनै दुर्घटना नहोस् । कुनै पाइप नफुटोस् भनेर हेरिहेरी हामी पानी वितरण गछौँ ।’

उनले मेलम्चीको पानी ल्याउनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार विकास निर्माणका काममा तीव्र रुपमा लागि परेको जानकारी दिए । उनले केन्द्रले स्थानीय तहको अधिकार नखोस्ने समेत बताए ।

उनले सबै तहको आफ्नै विषेशता रहेको भन्दै केन्द्रले स्थानीय तहको अधिकार नखोस्ने बताएका हुन् ।

उनले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच तालमेल मिलाएर काम गर्नुपर्नेमा जोड दिए । संघीयता कार्यान्वयनकै अभ्यासमा रहेको भन्दै प्रधानमन्त्री ओलीले समयक्रममा सबै समस्या हल हुँदै जाने धारणा राखे ।उनले कोभिड–१९ को अवधिमै स्थानीय तहको औचित्य र आवश्यकता पुष्टि भएको बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ८ : २८ बजे

पहिचान, इतिहास र संस्कृतिको खोजमा राजवंशी ठाकुर समुदाय

कञ्चनपुर– थारू जातिभित्रको राजवंशी ठाकुर समुदायले आफ्नो भाषा, संस्कृति र

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

एजेन्सी– मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर

ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल 

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली