जनस्तरबाट कुँदिएको मित्रताको प्रतीक ‘सम्झनामा रुस’ सार्वजनिक | Khabarhub Khabarhub

जनस्तरबाट कुँदिएको मित्रताको प्रतीक ‘सम्झनामा रुस’ सार्वजनिक


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वसोभियत सङ्घ र रुसप्रतिको यथार्य भोगाइ मिश्रित सद्भावपूर्ण अभिव्यक्तिको चिनो तथा जनस्तरबाट कुँदिएको मित्रताको प्रतीकका रुपमा ‘सम्झानामा रुस’ कृति सार्वजनिक भएको छ ।

पूर्वसोभियत सङ्घ र रुसको छात्रवृत्तिबाट विभिन्न विश्वविद्यालय र अध्ययन संस्थानबाट उच्चशिक्षा प्राप्त गरेका नेपाली सात स्रष्टाको स्मरण समेटिएको ‘सम्झनामा रुस’ को आज एक कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लोकार्पण गरेका हुन् ।

नेपाल–रुस साहित्य समाजद्वारा प्रकाशित उक्त संस्मरणात्मक कृतिमा कृष्णप्रकाश श्रेष्ठ, कन्हैया नासननी, चन्द्रकान्त आचार्य, डा जंगब चौहान, जीवा लामिछाने, डा प्रकाशराज रेग्मी र विष्णुबहादुर सिंहका तीन/तीन गरी २१ वटा रचना सङ्ग्रहित छन् ।

कृतिमा सातै जना लेखकले विभिन्न कालखण्डमा आ–आफ्नो संवेदनशील युवा उमेर उच्च अध्ययनको क्रममा बिताएको रुसी ज्ञानभूमिसँग रहेको भावनात्मक सम्बन्धलाई आ–आफ्नै कोषबाट स्मरण गरेका छन् । उक्त स्मरणमा पूर्वसोभियत सङ्घ र रुसको सामाजिक, राजनीतिक, शैक्षिक, सांस्कृतिक, ऐतिहासिक एवं भौगोलिक परिवेशको पृष्ठभूमिमा आ–आफ्ना अनुभूति समेटिएको छ ।

सङ्ग्रहभित्र स्रष्टा श्रेष्ठको ‘पुश्किनको पदचिह्न पछ्याउँदै’, ‘लेलिनसित सम्बन्धित स्थानको यात्रानुभूति’ र ‘क्रास्नोयास्र्कको मनचिन्ते यात्रामा क्रास्नोदारदेखि ब्रात्स्कसम्म’ तथा नासननीको ‘पियानोमा एउटा सङ्गीत”, ‘अतीतको क्यानभासमा मेरो छात्रावास’ र ‘स्मृतिपत्र रुसी गीत र सङ्गीतहरुको’ संस्मरण रहेको छ ।

यस्तै अर्का लेखक प्राडा चौहानको ‘कर्छेली साहित्यकारसँग बितेका स्वप्निल पलहरु’, ‘कृष्णसागरीय लहर, बालाक्लाभको साँझ र याल्टा–ग्रुजुफको साहित्यिक तीर्थाटन’ र ‘कवि भिक्तरसँगका बुनिनमय क्षणहरु’, आचार्यको ‘मास्को र कीभका यात्राहरु’, ‘मास्को सर्भे इन्स्टिच्यूटको सेरोफेरो’ र ‘रुसबाट युरोप जाँदा’, युवा व्यवसायी लामिछानेको ‘देश टुक्रिँदाको दुर्दशा’, ‘ऐतिहासिक सहर सान्त–पितरबर्ग’ र ‘महाकवि रसुलसँग जोडिएको नेपाल’ तथा डा रेग्मीका ‘समाजवादी अस्पतालको शय्यामा केही दिन’, ‘रुसको प्राकृतिक चिकित्सा केन्द्र’ र ‘लेनिनको देशमा पढ्न पाउनुको गर्व’ तथा सिंहको ‘मस्को–भेलामा नेपाली पाहुना’, ‘मस्कोमा रेडियो हराएको क्षण’ र ‘समुद्रपारको साहसिक यात्रा’ शीर्षकको संस्मरण सङ्ग्रहित छ ।

सो अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले पुस्तकमा समेटिएको संस्मरणमार्फत रुसको विशाल सभ्यता, गौरवपूर्ण संस्कृति र रुसका विविध विषयमा जानकारी पाउन सकिने ‘आँखी झ्याल’का रुपमा रहेको बताए ।

साहित्य र कलामा मात्र नभई विज्ञान प्रविधिको क्षेत्रमा पनि रुस अत्यन्त अगाडि रहेको उल्लेख गर्दै उनले इतिहास र आधुनिकताको ‘फ्युजन’ रुसी समाजमा देख्न सकिने बताए । “अझ त्यसलाई सम्झनामा रुसले प्रष्ट पारेको छ”, उनले भने, “लेखकले रुसी समाजका विशेषता तथा रुसी जनताको भावनालाई चित्रित गर्नुभएको छ ।”

पुस्तकका सहलेखक आचार्यले रुस आफूहरुका लागि दोस्रो मातृभूमि भएको र रुसमा अध्ययनका क्रममा भोगेका विभिन्न अनुभव समेटिएको बताए । अर्का सहलेखक डा रेग्मीले १० वर्षे रुस बसाइँका अनगिन्ती सम्झना पुस्तकमा समेटिएको बताए । काठमाडौँस्थित रसियन दूतावासका मिनिस्टर काउन्सिलर एभिसिभ भेक्टर भिक्टोरोभिकले नेपाल र रुसबीचको सम्बन्धलाई अझ मजबुत बनाउन पुस्तकले ठूलो भूमिका निर्वाह गर्ने बताए ।

नेपाल–रुस साहित्य समाजका अध्यक्ष डा चौहानले युवावस्थामा रुसमा रहँदा प्राप्त मायाको कृतिका रुपमा सम्झनामा रुस लेखिएको बताए ।

“यो गहिरो सम्झानाको प्रतीक हो”, उनले भने । रासस

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ८ : १४ बजे

साइबर अपराधको आरोपमा एक महिला पक्राउ

काठमाडौं – सामाजिक सञ्जालबाट चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी

पाकिस्तानका शिक्षकले ८ महिनादेखि पाएनन् तलब

काठमाडौं – आठ महिनादेखि तलब नपाएको भन्दै पाकिस्तानको खैबर पख्तुनख्वाका

भारत र अस्ट्रेलियाका सेना पुणेमा संयुक्त सैन्य अभ्यास गर्दै

काठमाडौं – भारत र अस्ट्रेलियाले तेस्रो संस्करणको संयुक्त सैन्य अभ्यास

आजदेखि ऐतिहासिक नमोबुद्ध जात्रा

काभ्रेपलाञ्चोक – नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक त्था पर्यटकीयस्थल नमोबुद्धमा आज

शान्तिश्री र नेत्रको स्वरमा ‘आधा मुटु’ सार्वजनिक (भिडियो)

काठमाडौं – अभिनेता सुशान्त कार्की र मोडल तथा अभिनेत्री गरिमा