कोरोनाको संक्रमण भयावह हुन नदिऔँ : प्रधानमन्त्री ओली « Khabarhub

कोरोनाको संक्रमण भयावह हुन नदिऔँ : प्रधानमन्त्री ओली


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण नकारात्मकतातिर गएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री निबास बालुवाटारमा बुधबार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले कोरोना भाइरसको संक्रमण पूर्णरूपमा नियन्त्रण नहुञ्जेलसम्म सामाजिक दूरी कायम राख्नुपर्नेमा जोड दिए ।

कोरोना पूर्णरूपमा नियन्त्रण नगरेसम्म खतरा रहिरहने भन्दै उनले सबै सचेत हुनुपर्ने बेला आएको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले सरकारको निरोगी नेपाल स्वास्थ्य नीतिका कारण देशमा कोभिड–१९ को प्रभाव कम भएको दाबी गरे । उनले अहिले भयावहको स्थिति नभएको बताए ।

प्रधानमन्त्री ओलीले खोप लगाएर कोभिड–१९ को सङ्क्रमण निर्मूल पार्न सजिलो नभएको पनि बताए ।

प्रधानमन्त्री ओलीले अन्य देशको तुलनामा नेपालमा कोभिड–१९ सङ्क्रमणको असर कम परेको भन्दै स्वास्थ्य मन्त्रालयको निर्देशन मान्नुपर्ने बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ९ : ०१ बजे

पहिचान, इतिहास र संस्कृतिको खोजमा राजवंशी ठाकुर समुदाय

कञ्चनपुर– थारू जातिभित्रको राजवंशी ठाकुर समुदायले आफ्नो भाषा, संस्कृति र

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

एजेन्सी– मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर

ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल 

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली