शे-फोक्सुन्डोमा वर्ल्ड लिंकको निःशुल्क वाइफाइ « Khabarhub

शे-फोक्सुन्डोमा वर्ल्ड लिंकको निःशुल्क वाइफाइ


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘सबैलाई जहाँपनि, जहिले पनि जोड्ने’ आफ्नो उद्देश्यलाई अनुसरण गर्दै वर्ल्ड लिंक कम्युनिकेशन्सले डोल्पाको शे फोक्सुन्डो तालमा आफ्नो निःशुल्क वाइफाइ सुरू गरेको जनाएको छ ।

हिमाली ताजा र सफा पानीले भरिएको यो ताल नेपालको धेरै गहिरो र ठूलो ताल हो । यो ताल यसको मन्त्रमुग्ध सुन्दरताको लागिविश्व प्रसिद्ध छ । सो क्षेत्रमा निःशुल्क वाइफाइ सेवाको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र वर्ल्ड लिंकका अध्यक्ष दिलीप अग्रवालले संयुक्तरुपमा उद्घाटन गरे ।

“नेपालको प्रमुख पर्यटकीय स्थलमा आउने पर्यटकका लागि सूचना प्रविधि अति नै महत्वपूर्ण भएकाले गुणस्तरीय सेवाका लागि फाइवरको विकल्प छैन” उदघाटन समारोहमा बोल्दै वर्ल्ड लिंक कम्यूनिकेशन्सका अध्यक्ष अग्रवालले भने, “गास बास कपाससँग आजको युगमा सूचना प्रविधिपनि जोडिएको छ, इन्टरनेटको प्रयोगले हामी हाम्रो जीवनलाई परिवर्तन गर्न सक्छौं ।”

उनले उच्चगतिको इन्टरनेटका लागि वर्ल्ड लिंकले डोल्पा जिल्लासम्म फाइबर विस्तार गर्न तयार रहेको बताए । सरकारले पूर्वाधारको विकास विस्तार गरे आफूहरुले प्रविधिमा थप लगानी गर्ने उनको भनाइ छ । शे फोक्सुण्डोसम्म इन्टरनेट पुर्‍याउन वर्ल्ड लिंकले विभिन्न ११ स्थानमा टावर जडान गरेको उनले बताए । अध्यक्ष अग्रवालले फाइवर जडानको लागि योजना तयार गर्ने पनि बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ४ : ५७ बजे

मध्यरातमा सुधन गुरुङसँगको फोटो राखेर बालेन लेख्छन्– लभ यू, ब्रदर

काठमडौं – सुधन गुरुङले रास्वपासँग एकताका लागि गरेको पहल र

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १५ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस १५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १५ गते मंगलबार तदनुसार

रास्वपाका समानुपातिक उम्मेदवार : क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ११० जनाको सूची निर्वाचन