अनुहारको छाला सुन्दर र बेदाग बनाउने काइदा | Khabarhub Khabarhub

अनुहारको छाला सुन्दर र बेदाग बनाउने काइदा


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

बजारमा पाइने कष्मेटिक सामग्रीले कसैको सुन्दरता निर्धारण गर्न सक्दैन । किनभने व्यक्तिको नजर अनुसार सुन्दरताको परिभाषा फरक फरक हुन सक्छ । तर सौन्दर्यता पाउने सबैभन्दा सरल एउटै उपाय भनेको दैनिक केही न केही श्रम गरिरहनु हो ।

अनुहारको छालामा सुन्दरता ल्याउन, चमक र यौवनलाई दीर्घकालीन रूपमा स्वस्थ बनाउन दैनिक केवल ५ मिनेट समय दिए पुग्छ । साथै केही उपाय मार्फत अनुहारमा कान्ति ल्याउन सकिन्छ ।

१. जौको पीठो दूधमा मिसाएर लेप बनाई अनुहारमा लगाएर १०/१५ मिनेटपछि सफा गरेमा चायाँ वा पोतो पूर्णरूपमा हटेर जान्छ र छाला कसिलो, मुलायम एवं चम्किलो हुन्छ ।

२. तुलसीका पात र कागतीको रसको पेस्ट बनाई अनुहारमा लगाएर २० मिनेटपछि सफा गरेमा छालामा भएको दाग एवम् चाउरी समाप्त हुन्छ।

३. अनुहारको छालाको सौन्दर्य वृद्धि गर्न कागतीको रस दिनहुँ चिल्लो छालामा लगाएमा छाला सफा, गोरो एवं बेदाग हुन्छ।

४. छाला सुख्खा छ भने कागतीको रसमा थोरै तर मिसाई अनुहारमा लगाएमा छालाको फोहोर निस्कनुका साथै छाला नरम एवं मुलायम हुन्छ।

५. कागतीमा प्राकृतिक ब्लिच भएका कारण यसको दिनहुँ प्रयोग गरे छाला गोरो एवं सफा देखिन्छ।

६. अनुहारको चिल्लो र कालो दाग हटाउन टमाटरलाई लेदो अनुहारमा लगाउने र २० मिनेटपछि सफा गरे छालालाई फाइदा हुनुका साथै दाग हटेर जान्छ ।

७. मुसुरोको दाल पिसेर सुख्खा पाउडर बनाई अनुहार धोए छाला गोरो एवं सफा हुन्छ ।

८. मेवामा पाइने एन्जाइमले छालाको मृतकोष हटाई नयाँ कोष उत्पन्न गर्छ र छाला मुलायम बनाउँछ । लगातार मेवाको लेप लगाउँदा केही महिनामा नै छालाको सबै दाग हराउँछ।

९. काँचो बेसारको मिहिन लेप दूधमा मिसाई पातलो घोल बनाएर नुहाउनुअघि सम्पूर्ण शरीरमा हल्का मालिस गरेमा केही दिनमै छालामा निखार आउने र छाला मुलायम र गोरो एवम बेदाग देखिन्छ।

१०. आँखा वरिपरिको कालो घेरा हटाउन कोरेसोमा कोरेको आलुलाई आँखामाथिबाट १५ मिनेटसम्म राखेमा कालो घेरा हटेर जान्छ ।

११. छाला सुख्खा भएमा नियमित राति दूधको तरमा मह मिसाई अनुहारमा लगाएर २० मिनेटपछि सफा गर्दा छाला मुलायम एवम चम्किलो हुन्छ ।

१२. काँक्राको रस अनुहारमा १० मिनेटसम्म राख्ने र चिसो पानीले धोए अनावश्यक चिल्लो हराउनुका साथै छाला कसिलो हुन्छ ।

१३. छाला सुख्खा छ भने अण्डाको पहेंलो भागलाई साताको दुई पटक अनुहारमा लगाएमा अनुहारको छाला कसिलो हुने गर्दछ ।

१४. छाला र केश दुवैका लागि दहि अत्यन्त लाभकारी छ। दुई चम्चा दहीमा थोरै मात्रामा बेसन मिसाएर अनुहारमा लगाई २० मिनेटपछि सफा गरे सुख्खा र सामान्य छाला सधैं चम्किलो देखिन्छ।

१५. छाला चिल्लो छ भने दुई चम्चा दहीमा एक चिम्टि बेसार र एक चम्चा गहुँको चोकर मिसाई लेदो बनाएर पूरा अनुहारमा लगाएर सुकेपछि चिसो पानीले अनुहार धोएमा छाला गोरो, बेदाग र चम्किलो देखिन्छ।

१६. सुख्खा छालामा केरालाई दूधमा मिसाई बनाइएको लेप लगाएर २० मिनेटपछि सफा गरेमा केही महिनामा नै छालामा चमक आउँछ । साथै छाला चाउरीनबाट जोगिन्छ ।

१७. बेलुका आधा कप दूधमा दुई/तीन दाना बदाम भिजाएर राख्ने र बिहान मसिनो पेस्ट बनाई सुख्खा छाला भएकाहरूले अनुहारमा लगाई २० मिनेटपछि सफा गरेमा छाला मुलायम एवम् चम्किलो देखिन्छ र साथै छाला चाउरी पर्नबाट पनि जोगिन्छ।

१८. चनाको बेसनमा दूध मिसाई लेप बनाएर अनुहार धोएमा अनुहारको छालाको सौन्दर्य वृद्धि हुन्छ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ३ : १५ बजे

नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भएको

नेपालका बलरसामु निरीह नेदरल्याण्ड्स, गुमायो छैठौँ विकेट

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको

ललितले लिए नेदरल्याण्ड्सको पाँचौँ विकेट

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको

कोलम्बियामा सात विस्फोट, एक जनाको मृत्यु

एजेन्सी – कोलम्बियाको दक्षिणपश्चिम क्षेत्रमा आज मंगलबार भएका श्रृंखलाबद्ध विस्फोटहरूले

चार विकेट गुमाएर नेदरल्याण्ड्सले जोड्यो ११६ रन

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको