काठमाडौँ- मुलुकमा स्थानीय र पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा भएको छ ।
प्रिमनसुनको समयसमेत भएकाले आज सुदूरपश्चिम र कर्णालीका केही ठाउँमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज गण्डकी प्रदेशका पहाडी भेगमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ ।
यस्तो छ आगामी तीन दिनको पूर्वानुमान
बैशाख ११ गते (शनिबार)
बिहान: देशको सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका साथै बाँकी पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राति : देशका पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतय सफा रहनेछ । पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
बैशाख १२ गते (आइतबार)
बिहान: देशका अधिकांश भू-भागमा आँशिक बदली रहनेछ।
राति : देशका पहाडी भू-भागमा आँशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतय सफा रहनेछ ।
बैशाख १३ गते (सोमबार)
बिहान: देशका पहाडी भू-भागमा आँशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतय सफा रहनेछ।
राति : प्रदेश न.१ र प्रदेश न.२ मा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतय सफा रहनेछ।
प्रतिक्रिया