सुदूरपश्चिम र कर्णालीमा वर्षा, के होला अन्यत्र ? « Khabarhub

सुदूरपश्चिम र कर्णालीमा वर्षा, के होला अन्यत्र ?


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकमा स्थानीय र पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा भएको छ ।

प्रिमनसुनको समयसमेत भएकाले आज सुदूरपश्चिम र कर्णालीका केही ठाउँमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज गण्डकी प्रदेशका पहाडी भेगमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

बैशाख ११ गते (शनिबार)

बिहान:  देशको सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका साथै बाँकी पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक/दुई स्थानमा  मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति :  देशका पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतय सफा रहनेछ । पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बैशाख १२ गते (आइतबार)

बिहान:  देशका अधिकांश भू-भागमा आँशिक बदली रहनेछ।

राति :  देशका पहाडी भू-भागमा आँशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतय सफा रहनेछ ।

बैशाख १३ गते (सोमबार)

बिहान:  देशका पहाडी भू-भागमा आँशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतय सफा रहनेछ।

राति :   प्रदेश न.१ र प्रदेश न.२ मा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतय सफा रहनेछ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ८ : ३१ बजे

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका