काभ्रेमा कोरोना सङ्क्रमण बढ्दै « Khabarhub

काभ्रेमा कोरोना सङ्क्रमण बढ्दै


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या उकालो लागिरहेको छ ।

जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)का अनुसार शुक्रबार २३ सङ्क्रमित थपिएका छन् ।

गत बिहीबार १९ मा सङ्क्रमण देखियो भने बुधबार ११ र मङ्गलबार छ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । जिल्लामा हाल ४३ पुरुषसहित ८२ कोरोना सङ्क्रमित रहेको केन्द्रले जनाएको छ ।

“जिल्लामा कोरोना सङ्क्रमण दर बढिरहेको छ, यस कारण विशेष सावधानी अपनाउनुर्पे देखिन्छ”, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख एवं केन्द्रका सदस्यसचिव डा नरेन्द्रकुमार झाले भने ।

उनका अनुसार शुक्रबार यहाँका चार वर्षीय बालकदेखि ८१ वर्षका वृद्धसम्ममा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लामा दिनानुदिन कोरोना सङ्क्रमण दर बढ्दै गएपछि केन्द्रले सार्वजनिकस्थलमा भीडभाड नगर्न आह्वान गर्दै सावधानीपूर्वक सुरक्षाका मापदण्ड अपनाउन अनुरोध गरेको छ ।

केन्द्रका अनुसार हालसम्म काभ्रेपलाञ्चोकका तीन हजार ४५० भन्दा बढीमा कोरोना सङ्क्रमण भइसकेको छ भने हालसम्म १४ महिलासहित ४५ को मृत्यु भएको छ ।

तेह्र स्थानीय तहमध्ये सबैभन्दा बढी धुलिखेल नगरपालिकामा २६ सङ्क्रमित रहेका छन् ।

हाल बनेपा नपामा १४, पाँचखालमा सात, पनौतीमा १५, नमोबुद्धमा चार, मण्डनदेउपुरमा छ तथा रोशी गाउँपालिकामा पाँच, चौँरीदेउरालीमा दुई, तेमालमा दुई र भुम्लु गाउँपालिकामा एक सङ्क्रमित रहेका छन् । तीन स्थानीय तह खानीखोला, महाभारत र बेथानचोकमा सङ्क्रमण देखिएको छैन ।

कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सरकारले गत सोमबार देशभरका २५ सहरका शिक्षण संस्था वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेअनुसार काभ्रेपलाञ्चोकको दुई नगर बनेपा र धुलिखेलका शिक्षण संस्था बुधबारदेखि पूर्णरुपमा बन्द गरिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  १० : ०१ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी