यौन सम्पर्कबाट हाम्रो स्वास्थ्यमा पुग्ने फाइदा « Khabarhub

यौन सम्पर्कबाट हाम्रो स्वास्थ्यमा पुग्ने फाइदा


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सेक्स अर्थात यौनक्रियाका बेला हुने सम्पूर्ण सन्तुष्टिलाई चरमोत्कर्ष भनिन्छ । चरमोत्कर्ष भनेको यौन आनन्दको प्राप्ति मात्र हैन । यसका केही स्वास्थजन्य फाइदाहरु पनि छन् ।

१. निद्रा लगाउने
यौनका बेला हुने चरमोत्कर्षले पूरै रातभर राम्रो निन्द्रा दिने गर्दछ । तसर्थ अनिन्द्राका समस्या हुनेहरुले पुर्ण यौन सन्तुष्टि पाउने सेक्स गरेमा यसले निन्द्रा लगाउने काम गर्दछ ।

२. रक्तप्रवाहमा वृद्धि
चरमोत्कर्षले मानिसमा रक्तप्रवाहमा बृद्धि गर्दछ । जसले प्रजनन अंगहरुमा पर्याप्त मात्रामा रगत पुर्याउने काम गर्दछ । साथै कोषहरुमा अक्सिजनको मात्रा पर्याप्त पुग्दछ ।

३. मुटुमा लाभ
यौनक्रियालाई व्यायामको विकल्प पनि भनिन्छ । यस्तोमा चरमोत्कर्षले मुटुको चाल छिटो हुन्छ, रक्तचाप बढ्छ र साथसाथै स्वासप्रस्वास क्रिया पनि छिटोछिटो हुन्छ । जसले मुटु स्वास्थ्य राख्न सघाउ पुर्याउँछ ।

४. मुड फ्रेस
यदि कुनै कुराको तनाव छ, मुड ठीक छैन वा मन उदास छ भने यस्तो बेलामा चरमोत्कर्ष प्राप्त हुने गरेको यौनक्रियाले मुड फ्रेस गराइदिन्छ । साथै मस्तिष्कको आनन्द तथा खुसीमा समेत वृद्धि हुन्छ । यस अलावा भावनात्मक कुरामा समेत मानिसको रुची बढ्छ ।

५. मस्तिष्क स्वस्थ
चरमोत्कर्षले मुटुलाई मात्र नभई मस्तिष्कलाई समेत स्वस्थ राख्दछ । चरमोत्कर्षको बेलामा बढ्ने रक्तप्रवाहका कारण मस्तिष्कले पर्याप्त मात्रामा अक्सिजन प्राप्त गर्दछ ।

यसबाहेक, यौनक्रिया र चरकोत्कर्षले मानिसको आत्मविश्वास अभिबृद्धि, शरीरको रोग प्रतिरोधी क्षमता बलियो, खुुसी बढाउने, प्रोस्टेट क्यान्सरको खतरा कम गराउने काम गर्नुका साथसाथै पार्टनरबीच आपसी आत्मीयतामा पनि अभिबृद्धि गराउने काम गर्छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ९ : ०६ बजे

सरकार डढेलो बने निभाउने साहस राख्छौँ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले

सरकारले विस्थापन होइन व्यवस्थापनको नीति अँगालोस् : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले विस्थापन नभएर

देउवाको स्पष्टीकरण : बूढानीलकण्ठस्थित निवास बेचेको होइन, बिक्री गर्ने योजना पनि छैन

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले काठमाडौंको बूढानीलकण्ठस्थित निजी

संसद्‍मा हर्कको माग- देशको आर्थिक अवस्था सुल्झाउन खेतीबारीका समस्या समाधान गरौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले खेतीबालीको समस्या समाधान

कांग्रेसले संसद्‍मा सोध्यो : जेन-जीका नाममा सिंहदरबार र संसद् भवन किन जलाइयो ?

काठमाडौं– नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले गत भदौ २३ र