६९ प्रतिशत पुनर्निर्माण सम्पन्न | Khabarhub Khabarhub

६९ प्रतिशत पुनर्निर्माण सम्पन्न


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– विसं २०७२ वैशाख १२ गते गएको भूकम्पको ६ वर्ष पूरा हुँदा तनहुँमा ६९ प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ । जिल्लामा १४ हजार ८ सय ३७ निजी आवास पूर्ण क्षति भएकामा हालसम्म १० हजार तीन सय ५९ आवास पुननिर्माण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई तनहुँले जनाएको छ ।

कार्यालयका अनुसार हालसम्म व्यास नगरपालिकामा एक हजार पाँच सय ६, भानु नगरपालिकामा तीन हजार दुई सय ८१, भीमाद नगरपालिकामा सात सय ९८, शुक्लागण्डकी नगरपालिकामा एक हजार तीन सय १३, बन्दीपुर गाउँपालिकामा सात सय ९१, आँबुखैरेनी गाउँपालिकामा ६ सय १३, देवघाट गाउँपालिकामा चार सय ६३, घिरिङ गाउँपालिकामा दुई सय १३, म्याग्दे गाउँपालिकामा नौ सय ८७, र ऋषिङ गाउँपालिकामा तीन सय ९४ निजी आवास पुननिर्माण सम्पन्न भएको छ ।

इकाई प्रमुख जयप्रकाश गुप्ताका अनुसार भूकम्पबाट व्यासमा दुई हजार एक सय , भानुमा चार हजार छ सय ५०, शुक्लागण्डकीमा दुई हजार नौ, भीमादमा एक हजार एक सय ९७, म्याग्देमा एक हजार चार सय १२, बन्दीपुरमा एक हजार ६३, आँबुखैरेनीमा आठ सय १३, देवघाटमा ६ सय ३७, ऋषिङमा पाँच सय ६० र घिरिङमा तीन सय २४ घर पूर्ण क्षति भएका थिए ।

जिल्लामा निजी आवास पुनर्निर्माणका लागि रु ३५ अर्ब ९७ करोड ५० लाख खर्च भएको छ । हालसम्म १४ हजार नौ सय ६ लाभग्राहीले पहिलो र ११ हजार ९ सय ७६ लाभग्राहीले दोस्रो किस्ता बापतको रकम बुझेका छन् ।

जिल्लामा १२ जना लाभग्राहीले पुनर्निर्माणका लागि रकम लिएकामा फिर्ता गरेका छन् । लाभग्राहीमा सूचीकृत भई सम्झौता गरेका उनीहरुले रकम फिर्ता गरेको गुप्ताले जानकारी दिए । उनका अनुसार ११ जनाले रु ५० हजारका दरले रु पाँच लाख ५० हजार र एक लाभग्राहीले तेस्रो किस्ता बापतको तीन लाख गरी रु आठ लाख ५० हजार फिर्ता भएको छ ।

गुम्बा पुनर्निर्माण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकै अनुदान सहयोगमा भूकम्पले भत्किएको गुम्बाको पनि पुनर्निर्माण जारी छ । तनहुँको भानु नगरपालिका–९ स्थित उर्गेन छोइलिङ गुम्बा र भानु नगरपालिका–२ स्थित बुद्ध हिमाली तमु समान गुम्बाको पुनर्निर्माण भइरहेको हो ।

प्राधिकरणले भानु नगरपालिका–९ स्थित उर्गेन छोइलिङ गुम्बा र भानु नगरपालिका–२ स्थित बुद्ध हिमाली तमु समान गुम्बा पुनर्निर्माणका लागि अनुदान उपलब्ध गराएको छ । रु ८७ लाख ७३ हजार ६ सय २० को लागतमा दुई गुम्बा पुनर्निर्माण हुन लागेको हो । त्यसका लागि पुनर्निर्माण प्राधिकरणले रु ६० लाख ८५ हजार ७४ अनुदान उपलब्ध गराएको छ भने बाँकी रकम स्थानीय तहले र स्थानीयवासीले जनश्रमदान गर्नुपर्नेछ ।

उनका अनुसार उर्गेन छोइलिङ गुम्बा रु ४४ लाख ६६ हजार २० को लागतमा पुनर्निर्माण हुनेछ । त्यसका लागि पुनर्निर्माण प्राधिकरणले रु ३० लाख ९७ हजार चार सय ७४ उपलब्ध गराएको छ भने भानु नगरपालिकाले रु एक लाख ५० हजार र स्थानीयवासीले रु १२ लाख १८ हजार पाँच सय ४५ बेहोर्नेछन् ।

बुद्धहिमानी तमु समान गुम्बा रु ४३ लाख सात हजार ६ सयको लागतमा पुननिर्माण हुन लागेको हो । त्यसका लागि पुनर्निर्माण प्राधिकरणले रु २९ लाख ८७ हजार ६ सय उपलब्ध गराएको छ भने भानु नगरपालिकाले रु एक लाख ५० हजार र स्थानीयवासीले रु ११ लाख ७० हजार बेहोर्नेछन् ।

एक सय २९ हातहतियार नवीकरण

चालु आर्थिक वर्ष ०७७/७८ को नौ महिनाको अवधिमा तनहुँमा एक सय २९ वटा हातहतियार नवीकरण गरिएका छन् । साउनदेखि चैत मसान्तसम्म जिल्ला प्रशासन कार्यालय तनहुँबाट एक सय २९ वटा हातहतियार नविकरण भएको हो ।

गत चैत महिनामा तीन वटा मात्रै हातहतियार नवीकरण भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । यसअवधिमा तीन वटा हातहतियार नामसारी गरिएका छन् । सर्वसाधारणले जिल्ला प्रशासन कार्यालयको स्वीकृतीमा हातहतियार राख्न पाउँछन् । त्यसको प्रत्येक वर्ष प्रशासन कार्यालयबाट नवीकरण गर्नुपर्ने व्यवस्था छ ।

यस अवधिमा प्रशासन कार्यालयमा २९ नयाँ संस्था दर्ता भएका छन् भने ६ सय पाँच वटा संस्था नवीकरण भएका छन् । चैतमा मात्रै ९ वटा नयाँ दर्ता र ४६ वटा संस्था नवीकरण गरिएको छ ।

कार्यालयले दुई सय ४२ जनालाई तिब्बतीयन शरणार्थी परिचयपत्र नवीकरण गरेको छ भने एक जना शरणार्थका लागि यात्रा अनुमति पत्र सिफारिस गरेको सहायक प्रजिअ बरालले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा ५२ मुद्दा दर्ता भएकामा गत आर्थिक वर्षको समेत गरी ७३ मुद्दा फछ्र्यौट भइसकेको छ ।

कार्यालयले गत चैत मसान्तसम्म सात हजार ६९५ वंशजको आधारमा र ८ वैवाहिक अङ्गिकृतको आधारमा नागरिकता वितरण गर्नुका साथै चार हजार २९१ प्रतिलिपि नागरिकता वितरण गरेको जनाएको छ । प्रशासन कार्यालयबाट दुई जनाले नागरिकता परित्याग गरेका छन् ।

कार्यालयले यस अवधिमा २० पटक बजार अनुगमन गरेको छ । चैतमा मात्रै दुई पटक बजार अनुगमन गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयले यस अवधिमा रु दुई करोड भन्दा बढी राजश्व सङ्कलन गरेको छ । संस्था दर्ता, हातहतियार, राहदानी दस्तुर, न्यायिक प्रशासनिक दण्ड जरीवाना, अन्य प्रशासनिक सेवा शुल्कबाट कार्यालयले रु दुई करोड ३५ लाख २५ हजार सात सय राजश्व सङ्कलन गरेको हो ।

संस्था दर्ताबाट रु नौ लाख ८३ हजार एक सय २०, हातहतियारबाट रु ८५ हजार तीन सय ५०, राहदानी दस्तुरबाट रु दुई करोड तीन लाख ९५ हजार पाँच सय, न्यायिक प्रशासनिक दण्ड जरीवानाबाट रु २० लाख ५३ हजार र अन्य प्रशासनिक सेवा शुल्कबाट रु आठ हजार सात सय ३० राजश्व सङ्कलन भएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ४ : ०५ बजे

अस्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

काठमाडौं – आईसीसी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियालाई हराउँदै भारत फाइनलमा प्रवेश

पाल्पाको जङ्गलमा डढेलो

पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन

नेमकिपाको अध्यक्षमा पुनः बिजुक्छे सर्वसम्मत चयन

भादगाउँ – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को अध्यक्षमा पुनः नारायणमान

प्रधानमन्त्री कप क्रिकेट : कैलाली फाइनलमा प्रवेश

बैतडी – प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम

अफगानिस्तानको यू–१९ क्रिकेट टिम नेपाल टूरमा आउदै

काठमाडौं – अफगानिस्तानको यू–१९ क्रिकेट टिम नेपाल टूरमा आउने भएको