मेचीका स्वास्थ्यकर्मीले अझै पाएनन् कोभिड जोखिम भत्ता « Khabarhub

मेचीका स्वास्थ्यकर्मीले अझै पाएनन् कोभिड जोखिम भत्ता


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्रगतिमा फैलिइरहेको छ । अन्य क्षेत्रभन्दा बढी जोखिम मोलेर स्वास्थ्यकर्मीले बिरामीको उपचार गरिरहेका छन् । ज्यानको प्रवाह नगरी अग्रभागमा खटिएका मेची प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीले पहिलो लहरकै बेलाको कोभिड जोखिम भत्ता पाएका छैनन् ।

जोखिमको भयावहस्थितिमा सरकारले एक वर्षसम्म भत्ता दिने निर्णय गरेको थियो । जोखिममा काम गर्दा भत्ता नदिइएपछि मेची अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी निराश बनेका अस्पतालका सुपरिन्टेन्डेन्ट डा पिताम्बर ठाकुरले बताए ।

“कोभिड–१९ को पहिलो लहर सकिएर दोस्रो सुरु भयो, जोखिम उत्तिकै छ”, डा ठाकुरले गुनासो गर्दै भने, “गतवर्षको भत्ता समेत दिइएको छैन, स्वाथ्यकर्मी र कर्मचारी निराश छन् ।” प्रदेश नं १ सरकारले गत आर्थिक वर्षको चार महिना र चालु आर्थिक वर्षको छ महिनाको जोखिम भत्ता दिनुपर्ने हो । गत आवको दुई महिना अर्थात् चैत र वैशाखको मात्र भत्ता सरकारले उपलब्ध गराएको थियो ।

अस्पतालले गत आवको चार महिनाका लागि जोखिम भत्ता भुक्तानीका लागि सरकारसँग रु एक करोड २० लाख माग गरेको थियो । सरकारले दुई महिनाको रु ६० लाख मात्र पठाइदिएको अस्पतालका लेखा अधिकृत मनोज पोखरेलले बताए । उनका अनुसार अग्रभागमा रहेर काम गर्ने ३२ जनाले एक सय प्रतिशत, मध्यभागमा रहेर काम गर्ने पाँच जनाले ७५ प्रतिशत र बाँकी १६९ जनाले ५० प्रतिशतका दरले दुई महिनाको मात्र भत्ता पाएका छन् ।

खुला सीमानाका कारण झापामा कोरोना सङ्क्रमणका बिरामी दैनिक बढिरहेका छन् । अस्पतालमा ७५ बेडको छुट्टै कोभिड अस्पताल नै सञ्चालनमा रहेको छ । जिल्लामा दैनिक १२ देखि १५ जना कोभिडका सङ्क्रमणका बिरामी भइरहेको डा ठाकुरको भनाइ छ । उनले अस्पतालको बेडमा भने हाल तीन जना मात्र बिरामी रहेको जानकारी दिए ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ३ : ३० बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन