अभिनेत्री गौरी लेख्छिन्, ‘धरहरा उठ्यो, मेरो ओठमा गर्वको मुस्कान छैन’ « Khabarhub

अभिनेत्री गौरी लेख्छिन्, ‘धरहरा उठ्यो, मेरो ओठमा गर्वको मुस्कान छैन’


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि ढलेको धरहरा ६ वर्षपछि वैशाख ११ अर्थात् आजबाट औपचारिक रुपमा उठेको छ । प्रधानमन्त्री केपी शर्मा ओली धरहराको उद्घाटन गरेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले धरहराको नयाँ स्वरुपको तस्वीर राखेर खुशी व्यक्त गरिरहेका छन् । कतिपयले भने कोभिडको यो महामारीमा धरहरामा लगानी गर्ने रकम अस्पताल निर्माणमा खर्च गरेको भए झन राम्रो हुने थियो भन्दै सुझावसहितको आलोचना गरिरहेका छन् ।

यही मेसोमा अभिनेत्री गौरी मल्लले पनि फेसबुकमा एक स्टाटस लेख्दै धरहराले बलियो बनोट पाएकोले सानले एकपटक आफ्नो शीर ठाडो बनाउन सक्षम बनेको उल्लेख गरेकी छन् ।

‘धरहरा पटक–पटक ढल्यो र पटक–पटक उठ्यो पनि । लाग्छ यो पाली धरहराले बलियो बनोट पाएको छ । सानले पुनः एक पटक आफ्नो शिर ठाडो बनाउन सक्षम बन्यो,’ उनी लेख्छिन्, ‘धरहरा त उठ्यो र पनि मेरो ओंठमा गर्वको मुस्कान छैन । धरहराले जस्तै मेरो देशले कहिले उठ्न पाउने ? मेरा देशवासीको पनि धरहराको जस्तै त्यो बलियो जग भएको जीवनस्तर कहिले बन्ने ?’

उनी अगाडि लेख्छिन्, ‘हरेक कोण–कोणबाट गिराइसकिएको मेरो देशले सानले फेरी कहिले शिर उठाउन पाउने..? धरहराले जस्तै….. ! हो, धरहरा त उठ्यो तर हामी कहिले उठ्ने ???’

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  २ : ३० बजे

कांग्रेस महाधिवेशनका उम्मेदवार प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले