डोकोमा बोकेर बिरामीलाई अस्पताल पुर्‍याउनुपर्ने अवस्था अन्त्य « Khabarhub

डोकोमा बोकेर बिरामीलाई अस्पताल पुर्‍याउनुपर्ने अवस्था अन्त्य


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– जिल्लाको बर्छैन स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरिएको छ । नेपाल भारत विश्व मैत्री सङ्घका वरिष्ठ उपाध्यक्ष पद्मराज जोशीको पहलमा भारतीय दूतावासले उक्त एम्बुलेन्स प्रदान गरेको हो ।

दूतावासले प्रदान गरेको उक्त एम्बुलेन्स बडिकेदार गाउँपालिका–१ देवलीमा रहेको बर्छैन स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ । स्वास्थ्य कार्यालय डोटी र भारतीय दूतावासले उक्त एम्बुलेन्स एक कार्यक्रमबीच बर्छैन स्वास्थ्य चौकीका निमित्त स्वास्थ्य प्रमुख भूपेन्द्रबहादुर शाहलाई हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ ।

एम्बुलेन्स स्वास्थ्यमा आएपछि बिरामीलाई डोकोमा बोकेर अस्पताल पुर्‍याउनुपर्ने बाध्यताको अन्त्य हुने र सहजरूपमा स्थानीयलाई सेवा मिल्नेनिमित्त स्वास्थ्य प्रमुख शाहले बताए । उनले भने, “एम्बुलेन्स नहुँदा बिरामीलाई डोकोमा बोकेर अस्पताल लैजानुपर्ने अवस्था थियो, कतिपय बिरामी समयमै अस्पताल पुर्‍याउन नसकिदा ज्यानसम्म जाने गरेको थियो, अब त्यो समस्या अन्त हुने भएको छ ।”

एम्बुलेन्स ल्याउन पहल गर्ने कांग्रेस नेता समेत रहनुभएका जोशीलाई यहाँका नागरिकले धन्यबादसमेत दिएका छन् । गाउँमै एम्बुलेन्स पुगेपछि यहाँका नागरिक निकै खुशी भएकोस्थानीयबासी शान्ति कलेलले जानकारी दिए ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  २ : ०४ बजे

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग

४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ

५०० करोड कमाउने ‘दृश्यम’को यात्रा तेस्रो भागमै टुंगिने, किन चाहँदैनन् निर्देशक चौथो सिक्वेल?

काठमाडौं– बलिउड अभिनेता अजय देवगन अभिनीत ‘दृश्यम ३: द कन्क्लुजन’ले