कोरोनाको कहरका बेला भाइरल ज्वरो आए के गर्ने ? « Khabarhub

कोरोनाको कहरका बेला भाइरल ज्वरो आए के गर्ने ?


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मौसम परिवर्तनसँगै कतिपय वयस्क, वृद्धावृद्धदेखि बालबालिकासम्म भाइरल ज्वरोले सताउने गर्दछ । अधिकांश भाइरल ज्वरो एक सातामा निको हुन्छ । तर भाइरसको प्रकृति अनुसार प्राथमिक संक्रमणको अवधि केही दिनदेखि लिएर एक सातासम्म रहन सक्छ ।

धेरैजसो भाइरल संक्रमण सीधा सम्पर्क, दूषित हावापानी वा दूषित खाना उपयोग गर्नाले हुन्छ । यस्तोमा घरेलु उपचारमा बिरामीले पर्याप्त मात्रामा तरल पदार्थ सेवन गर्नुका साथै पानीपट्टी लगाएर पनि यो प्रकारको ज्वरोलाई कम गर्न सकिन्छ । त्यस बाहेक पर्याप्त आराम पनि गर्नुपर्छ ।

भाइरल संक्रमणबाट बच्न अस्वस्थकर खानपानबाट बच्नुका साथै संक्रमितको सम्पर्कबाट टाढै रहनु पर्दछ । बिरामीले हाच्छिउँ गर्दा, खोक्दा फैलिने पानीको ससाना थोपाको माध्यमले पनि यस प्रकारको संक्रमण सर्ने भएकाले भिडभाडमा जानबाट समेत बच्नु पर्दछ ।

२ महिनाभन्दा कम उमेरका शिशुहरूको काखीको तापक्रम ९९.८ डिग्री फरेन हाइटभन्दा बढी हुँदा, दुई महिनाभन्दा बढी उमेरका शिशु, बालबालिका एवं वयस्कको काखीको तापक्रम १००.५ डिग्री फरेन हाइटभन्दा बढी भएमा चिकित्सकको जान ढिला गर्नु हुन्न । सामान्यतः भाइरल ज्वरो पाँचदेखि सात दिनसम्ममा निको हुन्छ । तर समस्या जटिल भए वा अवधी लम्बिएमा स्वास्थ्य चौकी जानु पर्दछ ।

कुन अवस्थामा स्वास्थ्य चौकी जाने ?
– ज्वरो अत्यधिक बढेमा ।
– श्वास फेर्न ग्राहो भएमा ।
– बच्चाले खाना नखाएमा ।
– साना शिशुले स्तनपान नगरेमा ।
– शरीरमा ठूला बिमिरा देखिएमा ।
– घाँटीमा खसखस गरिरहे वा खोकी लागेमा ।
– बारम्बार वान्ता भइरहे वा नरोकिएमा ।
– झाडापखाला चलेमा ।
– पिसाब फेर्दा पीडा भएमा ।
– बेहोस भएमा

ज्वरो आएका बिरामीले के गर्ने ?
– बिरामीलाई स्वच्छ हावाको सञ्चार हुने कोठामा राख्नुपर्छ । तर चिसो हुनु हुदैँन ।
– बिरामीलाई प्रशस्त मात्रामा झोल तथा तरल पदार्थ खान दिनुपर्छ ।
– पर्याप्त मात्रामा क्यालोरीयुक्त खाना, फलफूलको रस खुवाउनु पर्दछ ।
– यो बेलामा सजिलै पच्ने जाउलो, साउदाना, दूध, रोटी खान दिनुपर्छ ।
– यस्तो अवस्थामा सुतीको पातला लुगा लगाउनु राम्रो मानिन्छ ।
– तर बिरामीलाई जाडो भएमा कम्बल ओढाउन भने सकिन्छ ।
– चिकित्सकको सल्लाहबिना कुनै पनि एन्टिबायोटिक औषधी खानु हुदैँन ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ५ : ०१ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर