भेरीमा थप एक सङ्क्रमितको मृत्यु « Khabarhub

भेरीमा थप एक सङ्क्रमितको मृत्यु


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा— नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप एक सङ्क्रमितको उपचारका क्रममा आज मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी ५५ वर्षीया महिलाको भेरी अस्पतालमा रहेको कोभिड आइसोलेशनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्यमा समस्या आएपछि चैत ३१ गते पिसिआर परीक्षण गर्दा उनमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो ।

वैशाख ६ गतेदेखि उनलाई भेरी अस्पतालको आइसोलेशनमा भर्ना गरेर उपचार शुरु गरिएको थियो । यससँगै कोभिड सङ्क्रमणका कारण बाँके जिल्लामा ज्यान गुमाउने कूल सङ्ख्या ७७ पुगेको छ । – रासस

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ६ : ३० बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन