ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन ढिला गर्नु हुन्न : प्रदीप पौडेल | Khabarhub Khabarhub

ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन ढिला गर्नु हुन्न : प्रदीप पौडेल


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले केपी शर्मा ओलीविरुद्ध अब अविश्वासको प्रस्ताव ल्याउन ढिला गर्न नहुने बताएका छन् ।

रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै पौडेलले ओली श्री ३ जंगबहादुर भन्दा पनि बलियो बन्न खोजेको आरोप लगाउँदै अब ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन ढिला गर्न नहुने बताएका हुन् ।

नेता पौडेलले ओली पूर्ण रुपमा असफल भएको बताउँदै प्रधानमन्त्री ओलीले देश निर्माण, नेपाली जनताको समस्याहरू समाधान गर्नुको साटो आफू र आफ्ना आसेपासेहरूलाई मात्र खुसी पारेको तर्क गरे । पौडेलले ओलीमा अहंकार, दम्भ बढेको भन्दै ओलीको विकल्प नखोजे मुलुकमा अस्थिरता बढ्ने, मुलुकको संरचनाहरु सबै कब्जा हुने समेत बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेकपा माओवादीका नेता वामदेब क्षेत्रीले ओली दुई जिब्रे भएको तर्क गरे । क्षेत्रीले लुम्बिनी प्रदेशमा भएको घटनामा पैसाको चलखेल भएको दाबी गरे ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ८ : ४५ बजे

ब्याण्डविथ खरिद वापतको भुक्तानीमा कुनै अवरोध छैन : मन्त्रालय

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा इन्टरनेट सेवा

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन