ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन ढिला गर्नु हुन्न : प्रदीप पौडेल « Khabarhub

ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन ढिला गर्नु हुन्न : प्रदीप पौडेल


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले केपी शर्मा ओलीविरुद्ध अब अविश्वासको प्रस्ताव ल्याउन ढिला गर्न नहुने बताएका छन् ।

रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै पौडेलले ओली श्री ३ जंगबहादुर भन्दा पनि बलियो बन्न खोजेको आरोप लगाउँदै अब ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन ढिला गर्न नहुने बताएका हुन् ।

नेता पौडेलले ओली पूर्ण रुपमा असफल भएको बताउँदै प्रधानमन्त्री ओलीले देश निर्माण, नेपाली जनताको समस्याहरू समाधान गर्नुको साटो आफू र आफ्ना आसेपासेहरूलाई मात्र खुसी पारेको तर्क गरे । पौडेलले ओलीमा अहंकार, दम्भ बढेको भन्दै ओलीको विकल्प नखोजे मुलुकमा अस्थिरता बढ्ने, मुलुकको संरचनाहरु सबै कब्जा हुने समेत बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेकपा माओवादीका नेता वामदेब क्षेत्रीले ओली दुई जिब्रे भएको तर्क गरे । क्षेत्रीले लुम्बिनी प्रदेशमा भएको घटनामा पैसाको चलखेल भएको दाबी गरे ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ८ : ४५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा