लुम्बिनीमा मन्त्रीलाई आफ्नै कार्यकर्ताले देखाए कालो झण्डा « Khabarhub

लुम्बिनीमा मन्त्रीलाई आफ्नै कार्यकर्ताले देखाए कालो झण्डा


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष पाण्डेलाई आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले कालो झण्डा देखाएका छन् । मन्त्री पाण्डेलाई रुपन्देहीमा उनकै पार्टी जसपाका कार्यकर्ताले विरोधस्वरुप कालो झण्डा देखाएका हुन् ।

लुम्बिनी प्रदेशमा कांग्रेस, माओवादी र जसपा मिलेर मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराए पनि अन्तिम समयमा जसपाका चार सांसदले पोखरेललाई साथ दिएका थिए ।

अहिले ती चारैजनालाई मन्त्री बनाइएको छ । पाण्डे तिनैमध्येका एक हुन् । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टामै निर्णय बदलेर उनी लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन् ।

मन्त्री पाण्डेलाई मर्यादपुर, मझगावा र गोनहियालगायतका स्थानमा जनता समाजवादी पार्टीकै नेता–कार्यकर्ताले सडकमा अवरोध गरेका थिए । मन्त्री पाण्डेलाई पदलोलुप, व्यक्तिवादी, अनैतिक र धोकेबाज भन्दै उनीहरुले नाराबाजी गरेका थिए ।

जसपा रुपन्देहीका अध्यक्ष रामअवतार यादव, पूर्वसांसद ओमप्रकाश यादव, केन्द्रीय परिषद सदस्य रुपा मल्ल, केन्द्रीय सदस्य उमाशंकर यादवलगायत विरोधमा उत्रिएका थिए । प्रहरीले बल प्रयोग गरेर मन्त्रीलाई गन्तव्यतर्फ पुर्‍याएको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ९ : ४५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना