भारतमा संक्रमण घटे पनि घटेन मृत्यु दर, मृतक संख्या ३ लाख नाघ्यो | Khabarhub Khabarhub

भारतमा संक्रमण घटे पनि घटेन मृत्यु दर, मृतक संख्या ३ लाख नाघ्यो


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा दुई साता यता कमी आएको छ ।

लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख २२ हजार ८३५ जनामा संक्रमण भएको छ । यो संख्या आइतबारको तुलनामा झण्डै २२ हजारले कम हो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ६७ लाख ५१ हजार ६८१ पुगेको छ ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।

भारतमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ ।

संक्रमणढ घटे पनि भारतमा मृतको संख्यामा भने कमी आएको छैन । पछिल्लो २४ घण्टामा त्यहाँ ४ हजार ४५५ जनाको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख ३ हजार ७५१ पुगेको छ ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ८ : ४५ बजे

अन्तर्राष्ट्रिय सम्बन्धसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिका बैठक आज

थारु समुदायले आज मौलिक पर्व ‘गुरही’ मनाउँदै

कैलाली– थारु समुदायले आज (मंगलबार) ‘गुरही’ पर्व उल्लासपूर्वक मनाउँदै छन्

गाजामा नरसंहार भएको इजरायली मानव अधिकार संगठनकै निष्कर्ष

गाजा – इजरायलका दुई मानव अधिकारवाद सङ्गठनले गाजमा नरसंहार भएको

आज विश्व बाघ दिवस मनाइँदै, सबैभन्दा बढी बाघ भारतमा

काठमाडौं– आज (मंगलबार) विश्व बाघ दिवस मनाइँदै छ । पाटेबाघ

जलवायु परिवर्तनका चुनौतीको समयमै समाधान गरौँ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले मानव–वन्यजन्तु द्वन्द्व, बासस्थानको खण्डीकरण र जलवायु