पश्चिमी न्यून चापीय प्रणालीको असर कायमै,  ठाउँ ठाउँमा वर्षाको सम्भावना « Khabarhub

पश्चिमी न्यून चापीय प्रणालीको असर कायमै,  ठाउँ ठाउँमा वर्षाको सम्भावना


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीको असरले आज मौसममा बदली भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, प्रदेश नं २ का साथै देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

मौसममा आएको बदलीसँगै आज दिउँसो प्रदेश २ बाहेक सबै प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार मंगलबार र बुधबार पनि ठाउँठाउँमा वर्षाको सम्भावना छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

जेठ १० गते (सोमबार)

दिउँसो: पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू-भागमा आंशिक बदली रहने छ । प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : प्रदेश १, वाग्मती, तथा प्रदेश २ मा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ । प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

जेठ ११ गते (मंगलबार)

दिउँसो: प्रदेश १, वाग्मती, गण्डकी तथा प्रदेश २ मा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ ।

राति : प्रदेश १, प्रदेश २, वाग्मती तथा गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ ।

जेठ १२ गते (बुधबार)

दिउँसो: प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेश सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । । वाग्मती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ ।

राति : प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ७ : ५५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका