अवैध सम्बन्ध खुल्ने डरले दुई बालकको हत्या, युवक पक्राउ « Khabarhub

अवैध सम्बन्ध खुल्ने डरले दुई बालकको हत्या, युवक पक्राउ


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- बारामा दुई बालकको हत्या गरेको आरोपमा एक जना पक्राउ परेको छ ।

दुई जना बालकको हत्या आरोपमा फरमुल्लाह अन्सारीलाई बारा प्रहरीले पक्राउ गरेको हो ।

अवैध सम्बन्ध खुल्ने डरले कलैया उपमहानगरपालिका रंगपुरमा जेठ ३ गते राति अब्दुल गफार अन्सारीका ९ वर्षीय छोरा अमान अन्सरी र  सात वर्षीय उसमान अन्सारीको घाँटी रेटेर हत्या भएको थियो ।

प्रहरीले अभियुक्तको घरबाट चक्कु र रगत लागेको पेटी बरामद गरेको छ । उनीविरुद्ध मुद्दा दर्ता गरेर थप अनुसन्धान सुरु गरेको बाराका प्रहरी नायव उपरीक्षक (डीएसपी) गौतम मिश्रले बताए ।

हराएको भोलिपल्ट कलैया उपमहानरपालिका ११ स्थित मदर्शा सलफिया कन्जलुमको निर्माणाधीन भवनको कोठामा शव फेला परेको थियो । बालकहरूको धारिलो हतियारले घाँटी रेटी हत्या गरेको पाइएपछि तालिमप्राप्त कुकुरसहितको विशेषज्ञ प्रहरी टोलीले घटनास्थलमा परिचालन गरि अभियुक्त पत्ता लगाएको हो ।

प्रहरीका अनुसार अब्दुल गफार अन्सारीको श्रीमतीसंग फरमुल्लाहको अवैध सम्बन्ध रहेको थियो । मृत्क बालकको बुवा अब्दुल गफार विगत ३ वर्षदेखि वैदेशिक रोजगारीमा छन् ।

केही समय यता अभियुक्त र मृतक बालकको आमाबीच प्रेम सम्बन्ध बनेको थियो । आफ्नी आमा र अभियुक्तबीचको सम्बन्धको विषयमा बालकलाई थाहा पाएपछि उनीहरुको हत्या भएको खुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अभियुक्त फरमुल्लाहले पनि मृतक बालकको आमाबीचको सम्बन्धको विषयमा भेद खोल्ने डरले हत्या गरेको बयान दिएका छन् ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ८ : ३० बजे

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर