बहराइनले पनि लगायो नेपाली नागरिक प्रवेशमा प्रतिबन्ध « Khabarhub

बहराइनले पनि लगायो नेपाली नागरिक प्रवेशमा प्रतिबन्ध



दोहा- कोरोना महामारीको दोश्रो लहर व्यापक फैलिए पछि बहराइनले नेपाली नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।

आइतबारदेखि नेपालीसहित भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको जनाएको छ ।

नेपालमा कोरोना संक्रमण व्यापक फैलिएको भन्दै यसअघि मलेसिया, कुवेत, दुबईलगायतका देशहरुले पनि नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाईसकेका छन्  ।

बहराइनस्थित नेपाली दूतावासका अनुसार माथि उल्लेखित देशबाट बहराइनी नागरिक, गल्फको अपरेसन काउन्सिलका नागरिक तथा बहराइनमा बसोबास गर्ने भिसा भएकाहरुले भने प्रवेश पाउने छन् ।

यात्रा गर्नुअघि ४८ घण्टासम्मको पीसीआर परीक्षण गरेको र क्युआर कोडसहितको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्छ । यी देशबाट यात्रा गर्नेहरूले १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने दूतावासले जनाएको छ ।

बहराइनमा १० दिनभन्दा बढी बस्ने यात्रुको लागि एयरपोर्ट आगमन पश्चात् बहराइन दिनार ३६ तिरेर पहिलो पटक तथा पाँचौँ र दशौँ दिनमा समेत पीसीआर परीक्षण गर्नुपर्ने दूतावासले जारी गरेको सूचनामा भनेको छ ।

यसै गरी बहराइनमा पछिल्लो केही दिन यता कोरोना सङ्क्रमण दर बढेकाले सङ्क्रमण नियन्त्रणका लागि कडाइ गरिएको छ ।

३ जुनसम्मका लागि सरकारी कार्यालयहरू, सपिङ मल, रेस्टुरेन्ट, सिनेमा घर आदि सार्वजनिक ठाउँहरुमा १८ वर्षभन्दा माथिका तथा दोस्रो डोज खोप लगाएकाहरु १४ दिन बढी भइसकेकाहरूले मात्र प्रवेश अनुमति पाउने जनाइएको छ ।

भेला समारोहमा समेत अधिकतम ६ जनाको सहभागिता मात्र निश्चित गरिएको दूतावासले जनाएको छ । सङ्क्रमण रोकथामका लागि जारी मापदण्ड नमान्नेलाई बहराइन दिनार १ हजारदेखि १० हजारसम्म र कम्तीमा तीन महिनाको जेल सजाय वा दुवै हुनसक्ने दूतावासले जनाएको ।

बहराइन सरकारले आप्रवासी श्रमिकलाई पनि निःशुल्क रुपमा खोप उपलब्ध गराइरहेको हुँदा खोपका लागि त्यहाँको स्वास्थ्य मन्त्रालयमा आवेदन दिन बहराइनमा कार्यरत नेपाली समुदायलाई दूतावासले अनुरोध गरेको छ ।

साथै, आजदेखि अर्को सूचना जारी नभए सम्मका लागि विभिन्न सेवा प्राप्त गर्न दूतावास आउन आवश्यक भएमा आगमन अघि नै १७७२५५८३ समय माग गरि तोकिएको समयमै कार्यालयमा उपस्थित हुनसमेत दूतावासले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  १० : ०१ बजे

पूर्वी युक्रेनमा रुसी आक्रमणमा तीन जनाको मृत्यु

कीभ-पूर्वी युक्रेनका डिनिप्रोपेट्रोभ्स्क र पोल्टाभा क्षेत्रमा आइतबार भएको रुसी आक्रमणमा

फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव

काठमाडौं- सरोकारवालाले समावेशी तथा सुरक्षित सरसफाइ सेवा विस्तारमा नीतिगत अस्पष्टता,

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न दलका नेता चितवन पुग्ने क्रम जारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन विभिन्न दलका

रास्वपाको निर्वाचन तालिका सार्वजनिक

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका

वैज्ञानिकले क्वान्टम प्रकाश स्रोत नियन्त्रणको नयाँ विधि विकास गरे

सिड्नी– अन्तरराष्ट्रिय अनुसन्धानकर्ताले क्वान्टम प्रकाश स्रोत नियन्त्रण गर्ने नयाँ तरिका