लिथुआनिया उडेको विमान ‘पत्रकार’ पक्राउ गर्न बेलारूस डाइभर्ट भएपछि यात्रुको आक्रोश « Khabarhub

लिथुआनिया उडेको विमान ‘पत्रकार’ पक्राउ गर्न बेलारूस डाइभर्ट भएपछि यात्रुको आक्रोश


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- १७१ यात्रुसहित ग्रिसबाट लिथुआनियाका लागि उडेको विमान बेलारुसले ‘पत्रकार’ पक्राउ गर्न डाइभर्ट भएपछि यात्रुले आक्रोश पोखेका छन् ।

‘र्‍यान’ एअरको विमान आइतबार केही घण्टाका लागि बेलारुस डाइभर्ट गरिएपछि यात्रुहरूले आक्रोश पोखेका छन् । युरोपेली देशहरुले यो घटनाको तीव्र आलोचना गरेका छन् ।

अमेरिकाले बेलारुसको कार्यले विमानमा सवार अमेरिकी नागरिकसहितका यात्रुहरूको जीवन खतरामा पारेको भन्दै चर्को निन्दा गरेको छ।

युरोपेली देशहरूले बेलारुसमाथि ‘राज्य आतङ्क’को आरोप लगाएका छन्।

नेक्स्टा ग्रुपका पूर्वसम्पादक रोमन प्रोटासेभिचलाई हिरासतमा लिएपछि उक्त विमानलाई पुन: उड्न दिइएको थियो।

बेलारुसका सञ्चारमाध्यमका अनुसार उक्त जेट विमानमा बम भएको भन्दै मिग २९ लडाकू विमानहरूले घेरेर बेलारुसको राजधानी मिन्स्कमा ओरालेका थिए। तर विमानमा बम भेटिएन।

विमान लिथुआनियाको राजधानी भिल्नियसमा स्थानीय समयअनुसार राति सवा नौ बजे मात्रै अवतरण भएको थियो । यो निर्धारित समयभन्दा ७ घण्टा ढिलो थियो।

पत्रकार रोमनको रिहाइका लागि उनका समर्थक तथा बेलारुसका विपक्षी दलले अपील गरेका छन्।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  १० : ३० बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात