लिथुआनिया उडेको विमान ‘पत्रकार’ पक्राउ गर्न बेलारूस डाइभर्ट भएपछि यात्रुको आक्रोश « Khabarhub

लिथुआनिया उडेको विमान ‘पत्रकार’ पक्राउ गर्न बेलारूस डाइभर्ट भएपछि यात्रुको आक्रोश


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- १७१ यात्रुसहित ग्रिसबाट लिथुआनियाका लागि उडेको विमान बेलारुसले ‘पत्रकार’ पक्राउ गर्न डाइभर्ट भएपछि यात्रुले आक्रोश पोखेका छन् ।

‘र्‍यान’ एअरको विमान आइतबार केही घण्टाका लागि बेलारुस डाइभर्ट गरिएपछि यात्रुहरूले आक्रोश पोखेका छन् । युरोपेली देशहरुले यो घटनाको तीव्र आलोचना गरेका छन् ।

अमेरिकाले बेलारुसको कार्यले विमानमा सवार अमेरिकी नागरिकसहितका यात्रुहरूको जीवन खतरामा पारेको भन्दै चर्को निन्दा गरेको छ।

युरोपेली देशहरूले बेलारुसमाथि ‘राज्य आतङ्क’को आरोप लगाएका छन्।

नेक्स्टा ग्रुपका पूर्वसम्पादक रोमन प्रोटासेभिचलाई हिरासतमा लिएपछि उक्त विमानलाई पुन: उड्न दिइएको थियो।

बेलारुसका सञ्चारमाध्यमका अनुसार उक्त जेट विमानमा बम भएको भन्दै मिग २९ लडाकू विमानहरूले घेरेर बेलारुसको राजधानी मिन्स्कमा ओरालेका थिए। तर विमानमा बम भेटिएन।

विमान लिथुआनियाको राजधानी भिल्नियसमा स्थानीय समयअनुसार राति सवा नौ बजे मात्रै अवतरण भएको थियो । यो निर्धारित समयभन्दा ७ घण्टा ढिलो थियो।

पत्रकार रोमनको रिहाइका लागि उनका समर्थक तथा बेलारुसका विपक्षी दलले अपील गरेका छन्।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  १० : ३० बजे

कांग्रेसको समानुपातिक सूचीमा गगनका ससुरादेखि निधिकी भान्जीसम्म

काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकतर्फ प्राप्त सिटअनुसार २० जनाको नामावली

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

यूएईको तेल टर्मिनलमा हमला हुँदा भारतीय जहाज प्रभावित, कर्मचारी सुरक्षित

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी द्वन्द्वको प्रभाव खाडी क्षेत्रसम्म

कांग्रेसले निर्वाचन आयोगमा बुझायो २० समानुपातिक सांसदको सूची

काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकतर्फ प्राप्त सिटअनुसार आफ्नो पार्टीबाट चयन

मेचीनगरको अस्पतालमा रेबिजविरुद्धको सुई अभाव

झापा – मेचीनगर नगरपालिकास्थित सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप (एन्टी रेबिज