एमाले स्थायी कमिटी बैठक बस्दै, स्पष्टीकरण सोधिएकालाई थप कारबाहीको तयारी « Khabarhub

एमाले स्थायी कमिटी बैठक बस्दै, स्पष्टीकरण सोधिएकालाई थप कारबाहीको तयारी


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक डाकेका छन् ।

बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने तय भएको नेता सुवास नेम्वाङले जानकारी दिए ।

आजको बैठकमा पार्टी अनुशासनविपरित विपक्षी दलसँग मोर्चाबन्दी गरेका नेता माधव कुमार नेपालसहितका ११ जनालाई थप कारबाही गर्ने लगायतका विषयमा छलफलको तयारी भएको नेताहरूले जनाएका छन् ।

यसअघि बसेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोधेको थियो । तर उनीहरूले अहिलेसम्म प्रष्टीकरण बुझाएका छैनन् ।

बैठकमा घोषित आगामी चुनावको तयारी तथा विपक्षी दलहरूले गरिरहेको विरोधका विषयमा पनि छलफल गर्ने तयारी छ ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  १० : ४५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना