अब हरेक दिन बिहान ११ बजेदेखि महानगरको निःशुल्क पीसीआर परीक्षण सेवा « Khabarhub

अब हरेक दिन बिहान ११ बजेदेखि महानगरको निःशुल्क पीसीआर परीक्षण सेवा


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड संक्रमणको लक्षण देखिएका तथा शंका लागेका व्यक्तिलाई गरिने पोलिमेयर चेन रियाक्सन (पीसीआर) परीक्षणका लागि काठमाडौँ महानगरले नमुना संकलनको नयाँ तालिका सार्वजनिक गरेको छ ।

जसअनुसार अब हरेक दिन बिहान ११ बजेदेखि कम्तीमा २ वटा केन्द्रबाट स्वाब संकलनको व्यवस्था गरिएको छ ।

यस अघिको नियमित तालिकामा दिनको एउटा केन्द्रबाट मात्र हुने गरेकोमा अब २ देखि ३ केन्द्रबाट स्वाब संकलन हुनेछ । यसका अतिरिक्त धेरै संख्यामा परीक्षण गर्नु पर्ने वडाबाट माग आएमा त्यस ठाउँमा पनि स्वाब संकलनको व्यवस्था गरिने भएको छ ।

नयाँ तालिकाअनुसार आइतबार वडा नं.–२९ को पद्मकन्या स्कूल, डिल्लीबजार र वडा नं.–४ को विशाल मिलन केन्द्रमा स्वाब संकलन हुनेछ ।

त्यसैगरी सोमबार वडा नं.– १६ को बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (जुडो हल), वडा नं.– २० को शान्ति निकुञ्ज विद्यालय र वडा नं.– ३२ कार्यालय परिसरमा नमूना संकलन हुनेछ ।

मंगलबार वडा नं.– ८, बजबागेश्वरी, १४ कलंकी र २६ लैनचौर कार्यालय परिसरमा, बुधबार मीनभवनस्थित साविक ट्रलीबस परिसरमा र वडा १५ को भुइँखेलमा, बिहीबार बसन्तपुर र महाबौद्धमा तथा शुक्रबार वडा नं.– ३ कार्यालय परिसर महाराजगञ्ज र वडा नं.– ६ कार्यालय परिसर बौद्धमा नमूना संकलन हुनेछ ।

महानगरको यो सेवा निःशुल्क हो । परीक्षण गर्न जानु अघि सम्बन्धित वडाका क्लिनिक इन्चार्जसँग सम्पर्क गरेर आईएमयू (इन्फरमेसन म्यानेजमेन्ट युनिट) मा बिरामीको विवरण भर्नु पर्छ ।

पहेँलो रङ्गको फारममा प्रारम्भिक विवरण भरेपछि यी विवरण अनलाइन विधिमार्फत प्रणालीमा पठाइन्छ ।

महानगरका पीसीआर कार्यक्रम संयोजक ऋषिप्रसाद भुषाल भन्छन्, ‘अनलाइनमा तथ्याङ्क भरेपछि एउटा कोड आउँछ । यो कोडलाई पहेँलो फारममा टिपेपछि आईएमयू प्रक्रिया पूरा हुन्छ । जसले पीसीआर गराउने हो । यो विवरण अनिवार्य हुन्छ । कुनै कारणले परीक्षण अगाडि विवरणा भर्न सकिएन भने परीक्षण गरेपछि यी विवरण भर्नु पर्ने हुन्छ ।’

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  १ : ४३ बजे

स्वास्थ्य बीमा बोर्डद्वारा ३ सय ६८ अस्पताललाई २ अर्बभन्दा बढी भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले देशभरका ३६८ अस्पताल तथा स्वास्थ्य संस्थालाई

बागमती प्रदेशप्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

मकवानपुर– बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको हालैको बैठकबाट पारित

पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिकरुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया

काठमाडौं– मुटुसम्बन्धी समस्याका कारण बागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको आकस्मिकरुपमा

समकक्षता निर्धारणको काम अनुदान आयोगबाट

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको उपाधि समकक्षता निर्धारणको काम भएको

तीन वर्षपछि दक्षिण कोरियाले बढायो ब्याजदर, मुद्रास्फीति नियन्त्रणमा जोड

सियोल- दक्षिण कोरियाको केन्द्रीय बैंकले तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक