एमाले स्थायी कमिटी बैठक जारी, देउवाको पक्षमा हस्ताक्षर गर्ने नेतामाथि कारवाहीबारे छलफल « Khabarhub

एमाले स्थायी कमिटी बैठक जारी, देउवाको पक्षमा हस्ताक्षर गर्ने नेतामाथि कारवाहीबारे छलफल


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

बैठकमा कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने माधव नेपाल समूहका सांसदहरुलाई कारवाही गर्ने विषयमा छलफल भइरहेको बुझिएको छ ।

यसैगरी बैठकमा विपक्षी गठबन्धनले सर्वोच्चमा दायर गरेको रिट निवेदनमा हस्ताक्षर गर्ने नेपाल पक्षका २३ सांसदमाथि पनि कारवाही गर्ने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।

यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउन प्रस्तावका लागि हस्ताक्षर गर्ने २६ सांसदमध्ये ११ सांसदलाई स्पष्टीकरण माग गर्ने निर्णय गरेको थियो ।

बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरणको म्याद आजै बिहान सकिएको छ । तर माधव नेपाल पक्षले स्पष्टिकरण दिएका छैनन् ।

उनीहरुले स्पष्टीकरण नदिएपछि थप कारवाही गर्ने विषयमा छलफल भइरहेको उनले बताए । बैठकमा घोषित आगामी चुनावको तयारी तथा विपक्षी दलहरूले गरिरहेको विरोधका विषयमा पनि छलफल भइरहेको उनले बताए ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ६ : ०६ बजे

शिक्षण पेसाबाट कृषक बनेका निश्चल भन्छन्- धेरै वर्ष सेवा गरेँ, अब कृषिमा समय बिताउँछु

काठमाडौं– हेटौंडाको पदमपोखरी -१३ को एक शान्त साझ, फेन्चु लामा

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।

केपी ओलीको शल्यक्रिया सकियो, आइसियुमा सारिँदै

काठमाडौं–   पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलता पूर्वक

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरीको

वैशाख महिनाका लागि घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले आगामी २०८३ वैशाख महिनाका लागि नयाँ ब्याजदर