प्रभु बैंकको डिबेन्चर बिक्री खुल्दै, ८.५ प्रतिशत ब्याज पाइने « Khabarhub

प्रभु बैंकको डिबेन्चर बिक्री खुल्दै, ८.५ प्रतिशत ब्याज पाइने


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रभु बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा प्रत्येक तीन-तीन महिनामा ब्याज भुक्तानी हुने गरी ४ अर्ब बराबरको १० वर्षे “प्रभु बैंक डिबेञ्चर–२०८७” नामक ऋणपत्र मंगलबारदेखि निष्काशन गर्ने भएको छ ।

बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ४० लाख कित्ता डिबेञ्चरले हुन आउने कुल रकम ४ अर्ब मध्ये १६ लाख कित्ता डिबेन्चर अर्थात् १ अर्ब ६० करोड ऋणपूँजी रकम सामुहिक लगानी कोषका लागि छुट्टयाईएको समेत सर्वसाधारणका सार्वजनिक निष्काशनबाट बिक्री गरिने बैंकले जनाएको छ ।

२४ लाख कित्ता डिबेञ्चरले हुन आउने कुल २ अर्ब ४० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।

सो ऋणपत्र खरिदका लागि छिटोमा जेष्ठ १६ गतेसम्म आवेदन दिनु पर्नेछ । सो अवधिसम्ममा पुर्ण आवेदन नपरेमा निष्काशन अवधि जेष्ठ २६ गतेसम्म लम्बिनेछ ।

लगानीकर्ताले सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट न्युनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स रहेको छ ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  २ : २५ बजे

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य