ओलीले सोधेको स्पष्टीकरणको औचित्य छैन : नेता रावल « Khabarhub

ओलीले सोधेको स्पष्टीकरणको औचित्य छैन : नेता रावल


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको औचित्य नभएको भन्दै जवाफ नदिने बताएका छन् ।

सोमबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै रावलले आफ्ना निकट मान्छेलाई राखेर बनाएको स्थायी कमिटी नै अवैध रहेको भन्दै उक्त बैठकले गरेको निर्णय बैध हुनै नसक्ने बताए ।

नेता रावलले स्पष्टीकरण सोध्ने अधिकार पनि बैठकलाई नभएकाले जवाफ नदिने बताए । ओलीले विदेशी गुप्तचरसँग बालुवाटारमा भेट गरेपछि एकपछि अर्को राष्ट्रिय हित विपरितको कार्य गर्दै आएको रावलले आरोप लगाए ।

नेकपा एमालेको जेठ ८ गतेको स्थायी कमिटी बैठकको निर्णयअनुसार माधवकुमार नेपाल पक्षका ११ जना सांसदलाई स्पष्टीकरण सोधिएको थियो ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ६ : ३९ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका